Awareness

Get Vaccinated

सुपादेउरालीको दर्शन गर्दै साउन २३ गतेको आफ्नो राशिफल हेर्नुहोस्



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Place for ads

आज २३ साउन २०७९, सोमवार, साउन शुक्ल एकादशी तदनुसार अगस्ट ८, २०२२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): खानपानमा विशेष सावधानी अपनाउनु होला। आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्य परिर्वतनको सम्भावना रहेको छ। स्वास्थमा सामान्य समस्या देखा पर्नेछ। अरुको विश्वासमा गरिएका कार्यहरुबाट सामान्य तनावको सामना गर्नुपर्नेछ। नयाँ लगानीका क्षेत्रमा विशेष सावधान रहनु पर्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यापार व्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाव रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरुको छीटो विश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनोरञ्जनको क्षेत्रमा धेरै समय व्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला।

Awareness by SKF

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मान प्रतिष्ठामा वृद्धि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । विश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विश्वासिलो व्यक्तिबाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहनेछ। आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द): कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परिवारका कोहि सदस्यहरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौद्धिक विकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ।

मिन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सवारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ। लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला।

सुपादेउराली माताले हामी सबैको कल्याण गरुन्!

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया