Awareness

पिएचडी अध्ययनरत हिरा एसी एमाले गुल्मीको अध्यक्षमा भिड्दै



ओझेलका खबर संवाददाता
२ हप्ता अगाडि


Place for ads

गुल्मी: मङ्गलबार देखि सुरु भएको नेकपा एमालेको १२ औँ जिल्ला अधिवेशनमा पिएचडी गरिरहेका सो पार्टीका युवा नेता हिरा एसी अध्यक्ष पदमा उम्मेद्वारी दिदै छन। उनि आफु भन्दा पाका नेता निवर्तमान अध्यक्ष बाल सिंह काउछा संग भिड्न लागेका हुन।

‘पार्टीलाई उचाईमा पुर्याउने र कार्यकर्ताहरुको उचित व्यवस्थापन गर्ने एजेन्डा तपाईंमा के छ?’ भन्ने प्रश्नमा उनि भन्छन्, ‘पहिलो कुरा त स्वतन्त्र पार्टी वा उम्मेदवारका नाममा पुराना पार्टी, त्यसमा पनि एमाले जस्तो युवाहरुको ठुलो शक्ति रहेको पार्टीलाई समेत बुढा र पुरानाहरुको पार्टीले केहि गर्न सक्दैन्न भन्ने जुन भाष्य सिर्जना गर्न खोजिएको छ। त्यसलाई चिर्न पनि अब पुराना पार्टीबाट युवाहरुले नेतृत्व लिनुपर्छ भन्ने म र म जस्ता युवाहरुको माग मात्रै होईन, आजको आवश्यकता नै भईसकेको छ।’

‘एमाले पार्टीलाई थप उचाईमा पुर्याउने म सङ्ग थुप्रै एजेन्डाहरु छन। अर्को कुरा बर्षौँ देखि पार्टीका लागि ज्यू-ज्यान दिएका कार्यकर्ताहरु मध्ये एकथरी कुनै झुण्डका पछाडी मालामाल छन भने धेरैजसो विचलित हुने अवस्थामा पुगेका छन। उनिहरुको उचित व्यवस्थापनका लागि पनि मेरो उम्मेदवारी हो।’

त्यस माथि म युवा मात्रै होईन, यत्रो बर्ष पार्टी काममा खटेर ४० नाघेको पाको मान्छे भईसकेँ। यसकारणले पनि आफु भन्दा ‘सिनियर नेतालाई सम्मान गर्दै र मार्गदर्शक मान्दै अब युवाहरु नेतृत्वमा पुग्नुपर्छ भनेर मैले उम्मेद्वारी दिन लागेको हुँ।’

‘तपाईंले उम्मेदवारी दिने चर्चा पछि आफु प्रति माहोल कस्तो देख्नु भएको छ?’ भन्ने प्रश्नमा उनि भन्छन्, ‘लामो समय विद्यार्थी राजनीति गरियो। युवा विद्यार्थीको अपार समर्थन र पाका नेताहरुको म प्रति माया र प्रोत्साहन छ। उहाँहरुबाट म निकै उत्साहित छु।’

सामाजिक संजालमा उनका समर्थकहरु यस्तो लेख्छन्:

हिरा एसी नयाँ पुस्ताका आशलाग्दा युवा नेता हुन्। अत्यन्त शालीन, मृदुभाषी र अध्ययनशील नेताको छवि बनाएका उनी राजनीति संगै जिल्लामा लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि क्रियाशील छन्।

Awareness by SKF

उनले आम कार्यकर्ताको बिचमा आफुलाई निडर र पर्खर वक्ताको रुपमा स्थापित गरेका छन। विद्यार्थी जीवनबाटै नेकपा एमालेको राजनीति गरेका एसीले आगामी १२ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदको लागि बलियो उम्मेदवारको रुपमा आफुलाई अगाडी सारेका छन।

उनी २०५५ सालमा अनेरास्वावियु जिल्ला कमिटी सदस्य, २०५६ सालमा नेकपा एमालेको संगठित सदस्य, २०६१ देखि ०६३ सम्म दुई कार्यकाल अनेरास्वावियु जिल्ला कमिटी अध्यक्ष भएका थिए।

उनी पछि अनेरास्वावियुको लुम्बिनी अञ्चल अध्यक्ष, इन्चार्ज हुँदै केन्द्रिय सदस्य समेत भएका थिए। ०६३ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य र २०६६देखि पार्टीको जिल्ला सचिवालय सदस्य रहेका उनी २०७५ सालमा जिल्ला कार्यालय सदस्य हुँदै प्रदेश कमिटी सदस्य समेत भएका छन।

हिरा एसीले सक्रिय राजनीतिसंगै शिक्षा क्षेत्रमा समेत राम्रो दख्खल राखेका छन्। रेसुंगा बहुमुखी क्याम्पसबाट बिए. बिएड, त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट एमए, बुटवल बहुमुखी क्याम्पसबाट एलएलबी गरेका ऊनी हाल लुम्बिनी बौद्ध विश्वविद्यालयमा पिएचडी अध्ययनरत छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो