Smoking Causes Cancer

सुपादेउरालीको दर्शन गर्दै आज मंसिर २ गतेको राशिफल पढ्नुहोस्



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

आज मंसिर २, २०७८ तदनुसार नोभेम्बर १८ तारिक, सुपादेउरालीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ। मुद्दामामिलामा पनि विजयी भइनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्। दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ।

सिंचाई
Forest
Ad.

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कँसिने बेला छ। शत्रुबाट छुटकारा मिल्नेछ। सन्तान सुख पनि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज धार्मिक कार्यमा रुचि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। समाजसेवामा मन लाग्नेछ। पारिवारिक सद्भाव बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। छोटो दुरीको लाभदायक यात्रा रहला। वैदेशिक कार्य अघि बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आज कुनै कुराले मनमा शान्ति छाउला। कार्यमा सफलता पाइनेछ। प्रेमसम्बन्ध कसिलो हुनेछ। साथीभाइ तथा कुटुम्बको सहयोग मिल्नेछ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफूलाई कमजोर भएको अनुभूति हुनेछ। दाम्पत्य जीवनमा एक किसिमको निरासा आउन सक्छ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज मन खिन्न हुने स्थिति आउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। राजनीतिक कार्यमा बाधा आउनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आँटेको र ताकेको कार्यहरू पुरा होलान्। नयाँ कार्यको योजना बन्नेछ। वस्त्र एवं अलङ्कार प्राप्ति हुनसक्छ। रमाइलो यात्राको योग रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आज आत्मबल बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। कला र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। सफल र रमाइलो यात्राको योग पनि रहेको छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया