Awareness

सुपादेउरालीको दर्शन गर्दै आज (मंसिर ७) को राशिफल पढ्नुहोस्

राशिफल

Place for ads

आज ७ मंसिर २०७८, मंगलवार, मङ्गल चौथी व्रत तदनुसार नोभेम्बर २३, २०२१

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज नयाँ कपडा, अलङ्कारको प्राप्ति हुनेछ। लगनशीलताले आँटेका कामहरू अगाडि बढ्नेछन्। स्वादिष्ट परिकारका भोजन पनि पाइनेछ।

Get Vaccinated

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज हराएको आत्मविश्वास बढ्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग पनि छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जोश जाँगर र हिम्मत बढ्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज वित्तिय संस्थाबाट सहयोग पाइनेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दाम्पत्य जीवन सुखमय हुने र धार्मिक यात्राको योग छ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): नयाँ काममा हात हाल्ने समय छ। परिवारमा सुख सन्तोष छाउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मुद्दा मामिला आइलाग्नसक्छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेमीको सहयोग प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

COVID-19

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। वैदेशिक क्षेत्र कमजोर रहला। यात्रामा सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागिता भइएला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। सुपादेउराली देवीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *