सारांश
• राष्ट्रिय जागरण अभियानअन्तर्गत विस्तारित बैठक सम्पन्न।
• मंसिर १५ गतेभित्र संगठन सुदृढीकरणका कार्यक्रम सञ्चालन गर्ने निर्णय।
• केन्द्रीय सदस्यलाई गाउँ तथा नगर अभियानको नेतृत्व र कार्यक्षेत्र तोकियो।
• सदस्यता नवीकरण, जनगुनासा संकलन र छुटेका मतदाताको नामावली थप गर्ने कार्यक्रम।
गुल्मी । नेपाली कम्युनिस्ट पार्टी गुल्मीले राष्ट्रिय जागरण अभियानअन्तर्गत संगठन सुदृढीकरणका कार्यक्रमलाई तीव्रता दिने निर्णय गरेको छ।
गत मंसिर २ गते सम्पन्न विस्तारित बैठकले आगामी मंसिर १५ गतेभित्र संगठन सुदृढीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको जिल्ला संयोजक राम मल्ल ठकुरीले जानकारी दिनुभयो।
बैठकको निर्णयअनुसार पार्टी समायोजनका बाँकी काम सम्पन्न गर्ने, केन्द्रीय सदस्यहरूलाई गाउँ तथा नगरस्तरको अभियानको नेतृत्वसहित कार्यक्षेत्र तोक्ने र सदस्यता नवीकरण अभियान अघि बढाइनेछ।
त्यसैगरी जनताका गुनासा तथा समस्या सुन्ने, मतदाता नामावलीमा नाम छुटेका नागरिकको नाम थप गर्न सहजीकरण गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
अभियानअन्तर्गत मंसिर १२ गते इस्मा र १३ गते धुर्कोटमा कार्यक्रम गर्ने मिति तय भएको छ। त्यस्तै, मंसिर १३ गते तम्घासमा अखिल नेपाल महिला संगठनको एकता बैठकसमेत आयोजना गरिनेछ।
यसैगरी मंसिर १२ गते रुरुक्षेत्र, १३ गते मालिका, १४ गते चन्द्रकोट र १५ गते सत्यवतीमा अभियान सञ्चालन गर्ने कार्यतालिका तय गरिएको संयोजक ठकुरीले बताउनु भयो ।
….
पोस्ट मिति : २०८३ मंसिर १० गते
समय : बिहान १०.३५
…..
ओझेलका खबर — खबर भित्रको खबर
….
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









