Hi-Speed Computer

Awareness Campaign

मनकामनाको दर्शन गर्दै राशिफल पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ। धर्म कर्ममा मन लाग्नेछ। सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आत्मविश्वास बढ्नेछ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। आफन्तसँग भेट पनि हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आस्था बढ्नेछ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

Forest
Forest
Ad.

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ। आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आज कुनै कुरामा वैचारिक मतभेद सिर्जना हुनसक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। पारिवारिक समस्या पनि बढ्न सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट सहयोग पाइएला। सांस्कृतिक क्षेत्रबाट सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सौन्दर्यतामा धन खर्च हुनेछ!। आँटेको र ताकेको कार्य पुरा होला। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

Awareness by SKF

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज सानातिना बाधाअड्चन आइलागे पनि काम रोकिने छैन। विद्या र बुद्धिको विकास हुनेछ। पुँजी बजारको क्षेत्रबाट सफलता मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज जुनै समाचारले शान्ति छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। गरेको कार्यमा सफलता पाइनेछ। पुनर्मिलनको योग पनि रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): इष्टमित्र संग भेटघाट गर्ने अवसर जुट्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। प्रेमीको सहयोग पनि पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सामान हराउने वा चोरी हुने भय छ। टाउको दुख्ने तथा रुघा लाग्नेजस्तै समस्याले सताउन सक्छ, तर शेयर बजारबाट लाभ भने मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): चलाखीपूर्ण बोलीले काम बन्न सक्छ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। शुभ कार्य पनि होला।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। मनकामनाले हामी सबैको मनोकामना पूर्ण गरुन्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया