Clean Water Campaign

Awareness Campaign

गुल्मीको अर्जैमा पहिरोले घर पुरिदा एकै परिवारका ४ जनाको मृत्यु, १ जना बेपत्ता



प्रेम सुनार
१२ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गए राती गुल्मीको अर्जैमा पहिरोले घर बगाउदा एकै परिवारका ५ जना बेपत्ता भएका छन।

मालिका गाउँपालिका-६, अर्जै ठाटीपोखराका भेष बहादुर विकको घर बगाउँदा ४ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी अर्जै उपशाखाका सभापति ढुण्डिराज अर्यालका अनुसार भेष बहादुर सहित ४ जनाको शव फेला परेको छ। एक जना बेपत्ता छन।

Forest
Forest
Ad.

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी शंकर पोख्रेलका अनुसार प्रहरी निरीक्षक राम कुमार केसीको कमान्डमा ११ जनाको टोलि घटनास्थलमा जादै छ। मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल पालिका बाट आउने बाटो अवरुद्ध भएकोले डोजरले पन्छाउदै घटना स्थलमा जान लागेको बताउछ्न।

त्यस वडाका वडाध्यक्ष दिपक भण्डारी उद्धार कार्यमा जुटेका छन। उता इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काका अनुसार उपल्लो फाँट स्थित रामु केसीको खाली घर र हुलामा एक गोठ बगाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत अवस्थामा फेला परेका मानिसहरुको नामवली निम्नानुसार रहेको छ:

१) बर्ष अं.५५ को भेष बहादुर कामी
२) निजको बुहारी बर्ष अं. २६ की सिता बि.क.
३) निजको नातिनि बर्ष अं. ८ की सपना बि.क.
४) निजको नातिनि ८ महिनाको बिपना बि.क.
५) पुन १ जनाको लाश फेला परेको निजको श्रीमति बर्ष अं. ४८ की सुन्तली कामी

Awareness by SKF

   
   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →