मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज छोटो दुरीको लाभदायक यात्रा रहला। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न रहनेछ। विशिष्ट व्यक्तिको साथ पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। सामाजिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफन्तको प्रगतिमा मन रमाउनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दैनिक कार्यमा सफलता पाइनेछ। प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्वादिष्ट भोजन पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कुटुम्बको सहयोग मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। कुनै कुराले मनमा शान्ति छाउला। अचल सम्पत्तिको कारोबार हुनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको समय उत्साहवर्द्धक नै रहला। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। व्यापारमा लाभ समेत हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज शेयर बजारमा नोक्सानी हुनसक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। यातायात वा वाहनमा खर्च पनि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): महिलावर्गबाट विशेष सहयोग मिल्नेछ। परिश्रम गर्दा धनार्जन हुनेछ। शिक्षामा सफलता मिल्नेछ। शेयरको कारोबारमा समेत सफलता मिल्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। स्वास्थ्यमा खराबी रहला। आर्थिक कारोबारमा मन्दी आउनेछ, तर आफन्तको साथ मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ, तर साँझपख अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। कालिका भगवतीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |