Hi-Speed Computer

Awareness Campaign

गुल्मी पहिरो घटना: छोरी ज्वाईंको त्यो अन्तिम बिदाई



प्रेम सुनार
११ महिना अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको अर्जैमा शुक्रबार राति अविरल बर्षासङ्गै पहिरोले घर बगाउदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ। मालिका गाउँपालिका-६ साविक अर्जै गाविसको कँडेलपाटा टोलका ५५ बर्षिय भेष बहादुर विक सहित उनकी श्रीमति, बुहारी र दुई नातिनी सहित पाँच जनाको ज्यान गएको हो।

त्यहाँका वडाध्यक्ष दिपक भण्डारीका अनुसार घर धनी भेष बहादुर विक, उनकी ४७ बर्षिया श्रीमति सुन्तली बिक, ३० बर्षिया बुहारी सिता विक, ६ / ७ बर्ष उमेरका दुई नातिनीहरु रचना र विपनाको ज्यान गएको हो।

घटना स्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले लाष्टमा श्रीमतिको शव फेला परेको बताए। उनले सुरुमा इस्मा प्रहरी चौकीको टोलि उद्धारमा खटिएको , एक भैसि जिवितै उद्धार गरिएको बताए । मृत्युका दाजु हिरा बहादुर कार्कीले राति कति बेला पहिरो गयो भन्ने केहि थाह नभएको बताए । बिहान हेर्दा पहिरोले घरको नामो-निशान नदेखेको उनको भनाई छ।

Forest
Forest
Ad.

अस्ति आएका छोरा र ज्वाईलाई हिजो बस्न भनेर निकै कर गरेका थिए । उनिहरु नमानेर घर गएको स्थानीयले बताए । ससुराली बाट विदाईको हात हल्लाउँदै उनिहरु उकालो लागेको स्थानीयले सुनाउदै भने नमानेर हिड्दा बाँचे। कठै बिचराहरुको बाउ आमा सहितको माईती अन्तिम भयो। तीन छोराहरु भारतको रोजगारीमा छन।

भेष बहादुर हिजो साझा सम्म घर नजिकै ठाटि भन्ने स्थानको पसलमा खाजा नास्ता, हासो ठट्टा गर्दै घर आएका थिए। खानपिन गरि जुठा भाडा माझेर सुतेका ति भाडाहरु मल्खातामा थिए।

तिहारमा देउसि भैलोका गुरु भेष बहादुरको गत तिहारमा भैलो खेलेको भिडियो हेर्दै गाउँ शुन्य पारेर गयो भन्दै स्थानीय भक्कानिदै थिए।

जिवित एक भैसि र जिवित दुई बाख्राहरु टिठ लाग्दो हुँदै पिर्लिपिर्लि घर धनीलाई हेर्दै थिए। तर दुर्भाग्य उनिहरुको पछाडी पट्टि घर धनी सबैको लहरै लास थियो।

Awareness by SKF

घर माथी बाट बगेको पहिरोलो छिमेकी दुई घर उच्च जोखिममा छन। घटनास्थलमा मालिका गाउँपालिका अध्यक्ष देविराम अर्याल , उपाध्यक्ष उपेन्द्र अर्याल , प्रमुख प्रशासकीय अधिकृत विकास खनाल , नेपाली सेना , सशस्त्र प्रहरी पनि तैनाथ थियो।

दिउँसो पनि अविरल बर्षा हुँदा उद्धार कार्यमा कठिनाई भएको थियो । त्यस पालिका अध्यक्ष र उपाध्यक्ष चौतर्फी सडक अवरुद्ध हुँदा माथि छापाहिले बाट हिडेर आएको बताउदै थिए ।

उनिहरु हाप पाईन्टमा उद्धारमा खटिएका थिए । रातभरको अविरल बर्षाले घमिर इस्मा र अर्जै देखि राङ्गदाल चौर सम्मको सडक अवरुद्ध छ। घमिर देखि इस्मा सम्मका दर्जनौँ घर गोठ उच्च जोखिममा छन। -लुम्बिनी दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →