• पी.के. निर्माण सेवा प्रा.लि. आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो बढी आयकर दाखिला गर्ने संस्थाका रूपमा सम्मानित।
• राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सम्मानपत्र प्रदान।
• संस्थाका अध्यक्ष प्रकाश विश्वकर्मा सम्मानित ।
दाङ । आर्थिक वर्ष २०८१/०८२ मा दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै पी.के. निर्माण सेवा प्रा.लि. सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङले उक्त निर्माण सेवा कम्पनीलाई सम्मानपत्र प्रदान गरेको हो।
कम्पनीका अध्यक्ष प्रकाश विश्वकर्मालाई सम्मानपत्र प्रदान गरिएको हो। सम्मानपत्रमा कम्पनीले आर्थिक वर्ष २०८१/०८२ को आय विवरणअनुसार दोस्रो बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको उल्लेख छ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरले कर दिवसको अवसरमा कदरस्वरूप सम्मानपत्र प्रदान गर्दै कम्पनीलाई बधाई ज्ञापन गरेको छ। साथै आगामी दिनमा अझ बढी योगदानको अपेक्षा गरेको सम्मानपत्रमा उल्लेख छ।
दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको पी.के. निर्माण सेवा प्रा.लि.ले कर दायित्व पूरा गर्दै राज्यको राजस्व संकलनमा योगदान पुर्याएको छ।
कर तिर्नुलाई दायित्वका रूपमा मात्र नभई राज्य निर्माण र सार्वजनिक विकासमा नागरिक तथा व्यावसायिक क्षेत्रको सहभागिताका रूपमा लिनुपर्ने सन्देश पनि यस सम्मानले दिएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |