Awareness

मोटरसाइकलको ठक्करबाट तम्घासका एक बालक घाइते



प्रेम सुनार
२ दिन अगाडि


Place for ads

गुल्मी: बिहिवार साँझ (हिजो) गुल्मीको सदरमुकाम तम्घासमा मोटरसाइकलको ठक्करबाट एक जना बालक गम्भीर घाइते भएका छन।

साँझ सवा ६ बजेको समयमा तम्घास खानीगाउँ स्थित वसन्ती भलामीका ५ वर्षिय छोरा सम्पन्न भलामीलाई एक मोटरसाईकलले ठक्कर दिँदा गम्भिर घाईते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका-१० झिर्मी बस्ने २१ वर्षिय अर्जुन थापाले चलाएको लु.प्र.०१००-१ प ४४८५ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री बालक गम्भिर घाईते भएको सो कार्यालयका सुचना अधिकारी डिएसिपी शंकर पोखरेलले बताए। गुल्मी अस्पतालले घाईते बालकको थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रवासमा रिफर गरेको डिएसपी पोख्रेलले जानकारी दिए। -फाइल तस्वीर 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →