Smoking Causes Cancer

मनकामनाको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्, मनोकामना अवश्य पूरा हुनेछ (कार्तिक ३०)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

आज ३० कार्तिक २०७८ मंगलबारको राशिफल मनकामना देवीको दर्शन गर्दै पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। मन भावुक र उत्ताउलो बन्नसक्छ। प्रेममा मनमुटाव आउनेछ। अनावश्यक धन खर्च पनि हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ। पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ।

सिंचाई
Forest
Ad.

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): निर्णय कार्यान्वयन हुन नसक्ला। आत्मबलमा कमी आउने र मनमा दुविधा उत्पन्न हुनेछ। बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रमको उचित मूल्याङ्कन पनि हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): गरेको कार्य बाट कार्य सिद्धिको योग छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। धार्मिक कार्यमा मन पनि लाग्नेछ, तर खर्च पनि बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। प्रेम जीवन सुखद् नै रहनेछ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज कुनै कुराले मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। धर्म र कर्ममा मन लाग्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। अरुलाई प्रभावित पारेर काम बन्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। जोशजाँगर र उमङ्ग बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। शेयर बजारमा पनि रुचि बढ्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सजिलै अरूको मन जित्न सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ रोजगारको अवसर मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। आँटेको र ताकेको कार्य पुरा होला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। मनकामना माताले सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया