Awareness Campaign

आजको राशिफल पढ्नुहोस्: २४ कार्तिक २०७८ बुधवार को राशिफल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

आज २४ कार्तिक २०७८, बुधवार, छठपर्व व्रत/शान्ति र विकासका लागि विश्व विज्ञान दिवस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): बोलीको भरमा कार्य सम्पादन हुनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सफल यात्राको योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला। समय प्रतिकुल भई कुलतमा मन जानेछ। झैझमेलाको अवस्था पनि आउला।

Forest
Forest
Ad.

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ। लाभदायक यात्रा पनि हुनसक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आज कुनै कुराले मनमा शान्ति छाउनेछ। आँटेको र ताकेको कार्य पुरा हुनेछ। धर्म र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन भाग्यशाली भएर देखा पर्नेछ। वैदेशिक क्षेत्रका अधुरा कार्यबाट सफलता मिल्नेछ। आफ्नो शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ। अरुको लागि दौडधुप गर्नु पर्नेछ। चो’टपटक पनि लाग्न सक्छ, तर आफन्तले सहयोग गर्नेछन्।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वस्त्र लाभ पनि हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरुको विश्वास जित्न सकिनेछ। आकस्मिक धन लाभ हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। भाग्यले विभिन्न अवसर जुराउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। विशेष यात्रा पनि हुनसक्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज शुभकार्यमा सहभागिता जनाइनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। पुँजी बजारमा सफलता मिल्ने र आर्थिक क्षेत्र राम्रै होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): शुभकार्यको चर्चा चल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। प्रेमको बन्धन कसिने बेला छ। मुद्दा मामिलामा सफलता मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ। राज्यबाट मान सम्मान मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया