Awareness

Get Vaccinated

सुपादेउरालीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सुपादेउरालीको दर्शन गर्दै आज कार्तिक ४ गतेको राशिफल पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। रोकिएको धन हात पर्ला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ। रमणीय र सुखद् यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यवसायको सन्दर्भमा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। साथीभाइसँग समय बित्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कुराले मनमा शान्ति छाउनेछ। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कला तथा साहित्यमा रुचि बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला। गलत निर्णय लिन पुगिनेछ। चोटपटकको भय छ सचेत रहनुहोला। यात्रामा मालसामान पनि हराउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। शिक्षामा सफलता मिल्नेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। सरकारी निकायको भय रहनेछ। स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ अतः सजग रहनु उचित हुने देखिन्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। नसोचेको ठाउँबाट धनागम हुनेछ। मनोरञ्जनमा सहभागिता भइएला। आर्थिक कारोबारमा सफलता पाइएला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। लाभदायक यात्रा रहनुका साथै पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। सुपादेउराली देवीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया