आजको शिक्षा प्रणालीमा कसैले आफ्नो मर्यादा राखेको देखिदैन। तथापी यो मर्यादित पेशा हो। आजको ग्लोबलाइजको जमानामा विद्यार्थी किन बाहिर गए भन्ने बहस नै निरर्थक लाग्छ। यहाँ शिक्षा, शिक्षक र पेशा भन्ने विषयमा केही दिन देखि निकै बहस चलेको देखिन्छ। म पनि यही समाजमा जन्मे हुर्केको नेपाली भएकोले त्यो भन्दा फरक हुन सकिन।
आफ्ना भावना मनमा लागेको तर्क राख्ने साहस सामाजिक सन्जालमा गरेँ। मैले लेख्ने वा राख्ने विचारबाट यो समाज र केही सामाजिक व्यक्तिहरु इरिटेड सम्म पाए हो, समाज यसरी नै चल्छ। यो समाजमा धेरै थरी सोच विचार छ। न सभ्यताको विकास भएको हो। मलाइ सामान्य लाग्छ किनकी मैले समाज मात्र होइन देश काल परिस्थिति राम्रोसँग बुझेको छु। यहाँ मलाइ यो समाजको उत्पादन हो भन्ने कुरानै अस्विकार गर्ने जमातको कमि छैन।
२०२८ सालमा बनेको शिक्षा ऐनले आजको दुनियाँमा कसरी सम्बोधन गर्न सक्छ त्यता कसैको ध्यान गएको पाइदैन। किनकी कसैलाई सोच्ने फुर्सद नै छैन। सोच्ने कस्ले आवाज उठाउने कस्ले भन्ने प्रश्न नै आजको आवश्यकता हो। राज्य सन्चालकको शिक्षा प्रतिको हेपाई प्रवृत्ति सन्चालक नै शिक्षालाई व्यापारको परिभाषा गर्न उद्दत भएको परिपेक्षमा सामान्य नागरिकको मसिनो आवाज सुन्दै सुनिदैन। महान राजनीतिज्ञ नेलसन मण्डेलाले भनेको एउटा वाक्य कति धेरै सान्दर्भिक छ जुन राज्यलाइ कम्जोर पार्नुछ भने त्यो देश को शिक्षा र स्वास्थ नीति तहस नहस पारे अरु केही गर्नु पर्दैन। हो पनि आज बिदेशी मिसन भन्न त म चाहदिन।
भएको तेस्तै छ। एसियाकै केही मध्यपुर्बका देश हेर्ने हो भने यी देशले गरेको प्रगति येति धेरै छ कि सामान्य मानिस कल्पना पनि गर्न सक्दैन तेस्तो कसरी भयो भनेर हेर्ने हो भने त्यहाँ बिकासको पहिलो मेरुदण्ड शिक्षा र नागरिकको आधारभुत हकमा शिक्षा र स्वास्थ अनिवार्य बनाइयो।आम मानिसलाइ गुणस्तरीय शिक्षा त्यो पनि उत्पादन र प्रबिधिमा आधारित तेसैको उपज आज मध्यपुर्बको एउटा देश यु ए इ संसारको अग्रस्थानमा पर्छ ।नेपालको हकमा पनि प्रविधिमा आधारित उत्पादनमुखी शिक्षा नीति नाअए सम्म जस्ले जस्ता रटान लगाए पनि केही हुनेवाला छैन।
अब कुरा आयो शिक्षा शिक्षण पेशाको वास्तवमा भन्नुपर्दा विश्व जगतमा हेर्दा निकै मर्यादित पेशा हो। नेपालीको हकमा यो पेशा अपनाउने कतिपय पेशेदारहरुको कारण अमर्यादित बन्न पुग्यो। तेस्तो हुनु राम्रो पक्ष हुँदै होइन। समाज र विश्वको रुपरेखा तय गर्ने जमात नै आफ्नो जिम्मेवारी वहन नगर्दा र अन्य समाजले उनिहरु प्रती राख्ने कन्जर्भेटिभ सोचको कारण यस्तो हुन पुगेको सर्वविदितै छ।
वास्तव मा सचेत हुनुपर्ने को र कहाँ भन्ने प्रश्नमा आउदा जसरी पनि राजनितीलाई नछोइ सुख्खै छैन तेसैले राजनीति दल ,आम सन्चार माध्यम ,उच्च पदस्त कर्मचारी, नागरिक समाजको भुमिका महत्त्वपूर्ण हुन्छ तर तेता सोच्ने फुर्सद कम भएर होला।यो बिसयमा पर्याप्त छलफल भएको पाइदैन हिजो भर्खरै काङ्ग्रेसले बिपि साहित्य महोत्सव गर्यो त्यहाँ हरेक क्षेत्रलाई समेटियो नेपालका टप बिद्धान लाई बोलाएर बहस चलाइयो।बिडम्बना भन्नू पर्छ कुनै बिद्धान बर्गले शिक्षाको बारेमा एक शब्द पनि खर्च गर्नै चाहेनन।सबै बिपिलाई देखाएर आफ्नो रोटि सेक्ने तरखरमा देखिन्थे।
यो एउटा उदाहरण मात्र हो हरेक ठाउको अबस्था येस्तै देखिन्छ।अबत शिक्षा क्षेत्र को बेथितिलाई यसरी जेल्योकी तेसबाट राज्यले चाहेपनी पारा लाग्न चानचुने कुरा छैन। बोडिङ स्कुलको दादागिरी र मनोमानी जे गरेपनी हुन्छ भन्ने भएको छ। बोर्डिङले बालबालिकालाइ बोकाउने किताब ,तिनको मापदण्ड के हो?कति कलासमा पढ्ने विद्यार्थीलाई कति किताब बोकाउने उनिहरुको बाल मस्तिस्कमा कति भर्न सकिन्छ उनिहरुको तौल भन्दा दोब्बर तौलका किताबको भारी किन बोकाउनु पर्ने किनकी तेसैमा छ फाइदा।अनि ड्रेसको कुरा बजारमा उनिहरुले सिफारिस गरेको रङ को कपडा पाइदैन काटलिङ सिस्टम फिस भनेर एउटा निर्धारण गर्ने अनि विभिन्न शीर्षक राखेर दोब्बर असुल्ने येसबारे बोल्ने को?
आम जनमानसमा चेतनाको कमिका कारण गुणस्तर भनेको मात्र अङ्ग्रेजी जान्नु हो भन्ने सोचले पनि येति धेरै कम्जोरिपन आएको हुनुपर्छ। अङ्ग्रेजी भाषा मात्र हो गुणस्तर होइन भन्ने आम नागरिकलाइ बुझाउनु आजको आबस्यकता हो ।
शिक्षा भनेको मात्र भाषा मात्र हो भन्ने नेपाली मनोबिज्ञानलाइ राम्रोसँग बुझेका शैक्षिक माफिया र शैक्षिक ब्यवसायीहरुले भरपुर फाइदा लिन खोजेको परिपेक्षमा यसलाइ चिर्दै आमूल परिबर्तन सहितको ब्याबसायिक शिक्षा नीति लिन नसक्नु खाली टालटुले नितिले शिक्षा चलाउन खोज्नु राज्यको कमजोरी मात्र नभई निकम्मा पन हो। शिक्षक ले आफ्नो कर्तव्य भुल्ने र राज्यले खाली प्रयोग मात्र गर्ने नितिका कारण आज देश तहस नहस भएकोको छ।समयसापेक्ष नीति र जिम्मेवारी आजको आवस्यकता हो।
– दामोदर शर्मा
हाल: युएई
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |