Smoking Causes Cancer

मुसिकोटमा ४० लिटर भन्दा बढी अवैध मदिरा नष्ट



वसन्त अधिकारी
२ वर्ष अगाडि


Place for ads

मुसिकोट: मुसिकोट नगरपालिका-३ मा बेवारिसे अवस्थामा भेटिएको ४० लिटर भन्दा बढी अवैध मदिरा नष्ट गरिएको छ।

अस्थायी प्रहरी चौकी मुसिकोट-३, गुल्मीको गस्ती टोलीले गस्तीको क्रममा बाटोको छेउमा २० लिटरका २ वटा प्लास्टिक जर्किनमा शंकास्पद पदार्थ देखेको र चेकजाँचको क्रममा मदिरा रहेको पत्ता लागेको प्रहरीले बताएको छ।

x

सिंचाई
Forest
Ad.

गस्तीका क्रममा बेवारिसे रुपमा मदिरा भेटिएकोले उक्त मदिरा नियन्त्रणमा लिई जनप्रतिनिधि, संघ सस्था प्रमुख, स्थानीय समाजसेवी, पत्रकारहरुको रोहवरमा नष्ट गरिएको अस्थायी प्रहरी चौकीका ईन्चार्ज वरिष्ठ ह. असोक कुमार धमालले जानकारी दिए।

नेपाल सरकारले औपचारिक ईजाजत पत्र नलिई स्थानिय स्तरमा उत्पादन गरि प्रयोग गरिने मदिरालाई अवैध मदिराका रुपमा लिने गर्दछ। -छड्के न्यूज

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो