Clean Water Campaign

Awareness Campaign

एउटा यस्तो गाउँ जहाँका महिलाले साउनमा लुगा लगाउदैनन्



ओझेलका खबर संवाददाता
११ महिना अगाडि


Awareness

Place for ads

एजेन्सी: साउन महिना सुरु भइसकेको छ। यस अवसरमा हिन्दु धर्ममा आस्था राख्ने मानिसहरु आफ्नो परम्परा अनुसार यस पवित्र महिनामा धेरै यस्ता कामहरु गर्छन्, उनीहरुको बारेमा थाहा पाएर तपाई छक्क पर्नुहुनेछ।

भारतमा एउटा यस्तो गाउँ रहेको छ, जहाँ महिलाहरुले साउन महिनामा ५ दिनसम्म लुगा लगाउँदैनन्। यो भारतीय गाउँ हिमाचल प्रदेशको मणिकरण उपत्यकामा अवस्थित छ। यस गाउँको नाम पिनी गाउँ हो। यो परम्परा यहाँ शताब्दीयौंदेखि चलिआएको छ । यहाँका महिलाले साउन महिनामा विशेष पाँच दिन लुगा लगाउँदैनन्।

यही कारणले गर्दा यी पाँच दिनमा गाउँमा बाहिरी व्यक्तिलाई प्रवेशमा पूर्ण प्रतिबन्ध लगाइएको छ। हिमाचल प्रदेशको यो गाउँको इतिहास शताब्दीयौं पुरानो छ। त्यसैले यहाँ यस्ता धेरै परम्परा छन् जुन अन्यत्र कतै देखिँदैनन्। साउनमा पाँच दिन लुगा नलगाउने चलन पनि सदियौं पुरानो हो।

Forest
Forest
Ad.

वास्तवमा, कुनै समय यो गाउँमा राक्षसहरूको यति धेरै आतंक थियो कि गाउँलेहरूलाई बाँच्न गाह्रो भयो। दानवको आतंक बढेपछि लहुआ घोण्ड नामका देवता यस गाउँमा आए र दानवलाई मारेर गाउँलेलाई बचाए। भनिन्छ, गाउँमा दानव आएपछि राम्रा लुगा लगाएका महिलाहरूलाई लैजान्थे । यही कारणले आज पनि साउनको पाँच दिनमा महिलाहरूले पहिरन लगाउँदैनन्।

पिनी गाउँमा हरेक महिलाले यो परम्परा पालना गर्दैनन् । तर यो परम्परा पालन गर्ने महिलाले यी पाँच दिनमा ऊनले बनेको पटका लगाउने गर्छन् । यो पाँच दिनमा महिलाहरु घरबाहिर निस्कँदैनन् । विशेषगरी गाउँका विवाहित महिलाहरूले यो परम्परा पालना गर्ने गरेका छन् ।

यो गाउँमा महिलाका लागि मात्रै नियम छ भन्ने होइन। साउन महिनामा पुरुषले मदिरा र मासु नखाने नियम छ । यी विशेष पाँच दिनहरूमा यो परम्परा पालना गर्न सबैभन्दा महत्त्वपूर्ण छ।

यो परम्परा अनुसार यी पाँच दिनमा श्रीमान श्रीमतीले एकअर्कालाई हेरेर मुस्कुराउन पनि सक्दैनन्। घुम्न मन छ भने यो गाउँ जान सक्नुहुन्छ। तर, साउनका यी पाँच दिनमा यो गाउँमा प्रवेश पाउने छैन। गाउँलेहरूले यी पाँच दिनलाई अति पवित्र मानेर चाडपर्वको रूपमा मनाउने गर्छन्। यस्तो अवस्थामा उनीहरुले यी पाँच दिनमा आफ्नो गाउँमा कुनै बाहिरी व्यक्तिलाई प्रवेश गर्न दिँदैनन्।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो