Clean Water Campaign

Awareness Campaign

पुर्कोटदह पृथ्वी माविको अन्तिम मत परिणाम: एमाले समर्थकहरु विजयी



प्रेम सुनार
१ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मदाने गाउँपालिका-६, पुर्कोटदह स्थित पृथ्वी मावि व्यवस्थापन समिति निर्वाचनमा आज सम्पन्न अन्तिम मत गणानामा अन्तिम मतपरिणाम अनुसार एक जना बाहेक अन्य तीन जना एमाले समर्थक उम्मेदवारहरु विजयी भएका छन।

एमाले समर्थक वसन्त कुँवर विजयी भएका छन। पुरुष तर्फ उनि सहित दुई जना आउनु पर्नेमा काङ्ग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा उठेका विकास श्रेष्ठ र कुमार विक्रम थापा बराबरी १०६ मत आएकोले गोला प्रथा हुने कि गर्ने बारे छलफल भई रहेको छ। महिला सदस्यमा दुवै एमाले समर्थक माया बिसि केसी र चित्र कुँवर अत्याधिक मतान्तरले विजयी भएका छन।

वि‌जयी कुँवरले१०९ मत ल्याएको र उनका निकटतम प्रतिद्वन्दी श्रेष्ठ र थापाले १०६ मत प्राप्त गरेको बताईन्छ। निर्वाचन मण्डलले पनि अन्तिम मत परिणाम घोषणा गर्न भने बाँकि छ। विद्यालयमा स्थानीय काङ्ग्रेस र एमालेको लडाई असार १९ गते निर्वाचन सम्म पुगेको हो। निर्वाचन पछि विद्यालय मै मतगणनाका क्रममा ७६ मत गन्दा विवाद उत्पन्न भए मत गन्न सदरमुकाम ल्याईएको थियो। यहाँ लिएर पनि तीन दिन सम्म सहमति नजुटेर सोमबार मत गणना भएको हो।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →