Salime Malika Krishi Farm

Awareness Campaign

समाचारप्रति जिल्ला अस्पताल गुल्मीको ध्यानाकर्षण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

‘सुत्केरी गराउँदाको प्याड पाठेघरमा होइन, यौनमार्गमा थियो’

बुटवल: गुल्मी जिल्ला अस्पतालले आफ्नो बारेमा प्रकाशित समाचरप्रति ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालले मँगलबार एक विज्ञप्ति जारी गर्दै ग्लोबल अवाजमा श्रावण ९ गते प्रकाशित गुल्मी अस्पतालको लापरवाहीः सुत्केरी गराउँदाको प्याड पाठेघरमै  शिर्षकको समाचारप्रति आपत्ति जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। २०७९ असार २८ गते नर्मल डेलिवरी (योनीमार्ग हुँदै जन्मिने प्रकृया) भएकी महिलाको कसरी पाठेघरमा प्याड रहन्छ? हामी आश्चर्य चकित भएका छौँ। नर्मल डेलिवरी हुँदा प्याड पाठेघरमा पर्दैन। नर्मल डेलिवरी हुँदा प्याड पाठेघरमा पर्छ कि पर्दैन भनी प्रसूति विज्ञको राय लिएको भए तथ्य कुरा आउथ्यो तर यस समाचारमा गाउँले शैलीमा सुत्केरी गराएको अनुभव लिएकी महिलाको आधार लिएर पाठेघरमै प्याड छाडेको दावी गरिएको छ जुन शत प्रतिशत झुटो हो।’

अगाडी लेखिएको छ, ‘सुत्केरी महिलाको चिरेको ठाउँ सिलाई प्याड राखिएको हो रगत नबगोस भनेर। निजलाई सम्बन्धित नर्सिङ स्टाफले ‘दुइटा प्याड राखेको छ, पिसाब गर्ने बेलामा निकाल्नु होला’ भनी परामर्श दिनु भएको स्वयम् सुत्केरी महिलाले भन्नु भएको छ । तेश्रो प्याडको कुरा समाचारमा थपिएको देखियो जुन यो अस्पतालमा प्रयोग गरिएको छैन।’

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया