Salime Malika Krishi Farm

Awareness Campaign

बौद्धिक वर्गबाटै दलित समुदाय माथि विभेद



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी, असार १२: दलित समुदाय माथि बौद्धिक वर्गबाटै विभेद भईरहेको बुधबार गुल्मीको एक कार्यक्रमका वक्ताहरुले बताएका छन। जिल्लाको मदाने गाउँपालिकाको दलित लक्षित कार्यक्रम अन्तर्गत आयोजित जनचेतनामुलक प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले अझै पनि बौद्धिक वर्ग र कतिपय जनप्रतिनिधीबाट समेत दलित समुदाय माथि जातिय विभेद र अन्याय अत्याचार हुँदै आएको बताएका हुन।

दलित सञ्जाल मदाने गाउँ कार्य समितिको सहजिकरण र मदाने  गाउँपालिकाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय  दलित आयोगका सदस्य मिहले पार्कीले भने केन्द्रका उच्च पदस्थ अधिकारी , विभिन्न क्षेत्रका वौधिक वर्ग र  केहि जनप्रतिनिधीबाटै  जातिय विभेद हुनु दुर्भाग्य हो त्यसको प्रतिवाद गर्न जुटौँ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले   जयस्थीति मल्लको पाला देखि गरिवहरुको श्रम शोषण गर्न , समाजमा दवाएर राख्न जातविभाजन गरिएको र त्यसका परिणती अहिले सम्मको पुस्ताले भोग्नु परेकोले मदाने गाउँपालिकाले दलित समुदायलाई सचेतना र जागर छर्न विभिन्न दलित लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए।

सिंचाई
Forest
Ad.

दलित सञ्जाल मदाने कार्य समिति अध्यक्ष  रमेश परियारले पहिलो पटक पदाने गाउँपालिकाले गाउँसभाबाट  जातिय विभेदको अन्त्य गर्ने उद्देश्यका साथ अन्तरजातिय बिबाह गर्ने जोडीहरुलाई सम्मान गर्ने कार्यक्रम अगाडी सारेको र आगामी बर्षको नीति तथा कार्यक्रममा  सहभोजको आयोजाना गरेको प्रति धन्यबाद प्रकट गरेका थिए ।

कार्यक्रमममा वडा नम्वर ६ का वडाध्यक्ष मनिराम थापा , वडा नम्वर   ४ का वडाध्यक्ष  प्रेम सेन ,  वडा नम्वर ६ का ७ का  पुर्व वडाध्यक्ष काँशीबहादुर बोहरा , जनज्योति क्याम्पस पुर्कोटदहका क्याम्पस प्रमुख देविराम भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

प्रशिक्षण दिनका लागि दलित आयोगका सदस्य पार्की, गुल्मीका दलित अगुवा गणेश विश्वकर्मा, पत्रकारद्वय प्रेम सुनार र मनु सुनार आई पुगेका छन् । प्रशिक्षण कार्यत्तक्रम दुई दिन सम्म चल्न छ। दलित सञ्जाल मदाने गाउँ कार्य समिति अध्यक्ष रमेश परियारको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा उपाध्यक्ष टिका परियारको स्वागत मन्तव्य र पत्रकार मनु सुनारको सञ्चालन रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो