माधब खरेल
गुल्मी , जेठ १८ । गुल्मीको इस्माका युवाद्वारा मुसिकोट १ का अग्निपिडितलाई आर्थिक सहयोग गरिएको छ ।मुसिकोट नगरपालिक वडा न १ तल्लापौदीका मगले जि सि र घाइते टेक बहादुर थापा र रगनाम निवासी चन्द्र बहादुर बि क का घरपरिवारको लागि केही खाद्यान्न सामाग्री तथा रगनामकाका आगलागी पीडितहरुको सहयोगका लागि शुक्रबार गुल्मिका युवाको तर्फबाट केही खाद्यान्न सामाग्री र नगद १५ हजार रुपियाँ हस्तान्तरण गरिएको इस्मा गाउपालिका युवा तथा समाजसेबी कृष्ण कुवरको रोहवरमा आथिक सहयोग गरिएको बताइएको छ ।
मुसिकोट वडा न १ का अग्नि पीडित नागरिकसंग प्रत्यक्ष भेटघाटसंगै वर्तमान अवस्थाको बारेमा पनि जानकारी लिएको कुवरले बताए । पीडामा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीको पीडामा मलम लगाउन आफूहरू प्रतिबद्ध रहेको कुवरले बताएका थिए ।
स्थानीय सरकारको तर्फबाट मुसिकोट नगरपालिका वडा न १ का कार्यबाहक वडा अध्यक्ष बिश्व खाती वडा सदस्य दान बहादुर के सि प्रत्रकार माधब खरेल अभियान कर्ता कृष्ण कुवर समाजसेवी दल बहादुर थापा समाजसेवी कृष्ण थापा बिनोद बस्नेत नरेश कुवर वडा न १ का सबै जनप्रतिनिधिहरुको तर्फबाट विपतमा परेका आफ्ना नागरिकप्रतिको अभिभावकत्व अनुकरणीय र प्रशंसनीय रहेको बताए ।
केही समय अगाडि जंगलमा लागेको आगो बस्तीमा पुग्दा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको थियो भने आगोलागी बाट मुसिकोटका तल्ला पौदी रगनाम १ घर तथा ३ वटा गोठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए । जसबाट एक सय करिब ७ जना विस्थापित भएका थिए ।साथै पौदी प्रा बि का १६ जना विद्यार्थी लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |