Awareness

Dhurkot

हुम्ला, जुम्ला सम्मका विद्यार्थी गुल्मी मजुवाको प्राविधिक शिक्षालयमा



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मीको चन्द्रकोट गाउँपालिका-८, मजुवामा रहेको बहुप्राविधिक शिक्षालयमा गुल्मीका थुप्रै पालिकाका सहित हुम्ला, जुम्ला सम्मका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन।

Snow
Forest
Mountains

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटिइको आङ्गिक शिक्षालय तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीको आङ्गिक सम्बोधन सहित त्यस शिक्षालयले २०७८ सालमा ३ बर्षे डिप्लोमा तथा प्रमाणपत्र तहका कृषि तर्फ बाली विज्ञान र पशु विज्ञान तथा इन्जिनियरिङ तर्फ सिभिल इन्जिनियरिङ कार्यक्रम संचालनको स्वीकृती पाएको थियो।

हाल त्यस शिक्षालयले कृषि तर्फका २ वटा कार्यक्रमहरु बाली बिज्ञान र पशु बिज्ञान संचालन गरिरहेको छ । शिक्षालयमा जुम्ला, हुम्ला, बाजुरा, सुर्खेत, बाँके, कपिलवस्तु, रुपन्देही, नवलपरासी, बाग्लुङ, गुल्मी लगायतका जिल्लाका ८३ जनाले प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन।

शिक्षालयले हाल १४ रोपनी जग्गा भाडामा लिएर प्रशिक्षार्थीहरुलाई नियमित पठनपाठन सँगै प्रयोगात्मक अभ्यास गराउदै आएको छ भने मजुवा बजारमा रहेको मानका टिकाराम क्याम्पसको भवनमा ६ वटा कोठा व्यवस्थापन समक्ष माग गरेर आवश्यक पर्ने अन्य ५ कोठा आँफैले निर्माण गरी ११ कोठामा पठनपाठन तथा विभिन्न कृषि तथा विज्ञान प्रयोगशाला संचालन गर्दै आएको छ।

शिक्षालयले आगामी बर्ष गुल्मी तथा अन्य जिल्लाहरुमा कृषक सँगै प्राविधिक भन्ने कार्यक्रम मार्फत सम्बन्धित स्थानिय सरकार सँग समन्वय गर्दै किसानहरुको घर-घरमा गएर किसानका समस्याहरु तथा अनुभवहरु सुन्दै समस्याको निराकरण गर्ने र प्रशिक्षार्थीहरुलाई छुट्टै ब्याबहारिक सिकाइमा जोड दिने भएको छ।

यो कार्यक्रमबाट किसानहरु प्रत्यक्ष लाभान्वित हुने र प्रशिक्षार्थीहरुले पनि अध्ययन गर्दा सिकेका विषयहरुलाई व्यावहारिक ज्ञान लिने मौका प्राप्त गर्ने तथा सिकाइ प्रभावकारी हुने अपेक्षा शिक्षालयको छ।

यसै गरी माटो परीक्षण, गाईबस्तुको गोबर परीक्षण तथा अन्य रोगहरुको लागि शिविर संचालन गरी किसान सँग प्राविधिक कार्यक्रम गर्ने योजना रहेको शिक्षालयले जनाएको छ।

Awareness by SKF

शिक्षालयले सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन स्मार्ट बोर्ड, प्रोजेक्टर तथा कम्युटरको प्रयोग गरी पठनपाठन गराउने, अध्ययन र अनुसन्धानका कृयाकलाप गर्ने र अत्याधुनिक कम्प्युटर तथा बिज्ञान प्रयोगशाला समेत निर्माण गरिरहेको छ।

तुराङ बहुप्राबिधिक शिक्षालयले आगामी बर्ष २०८१ /०८२ मा खासगरी शिक्षालयको आफ्नै भौतिक पूर्वाधार तयार गर्दै समुचित व्यवस्थापनमा विशेष जोड दिएको छ।

जसका लागि वडा कार्यालयको रोहबरमा स्थानिय व्यक्तिहरुले चन्द्रकोट-८ स्थित तुराङमा १६ रोपनी जग्गा शिक्षालयलाई निशुल्क रुपमा उपलब्ध गराएका छन भने चन्द्रकोट-७, रुपाकोट स्थित सोतामा २८ रोपनी जग्गा निशुल्क रजिस्ट्रेशन गरिदिएका छन।

अहिले सम्म २६ जना जग्गा दाताबाट शिक्षालयलाई करीब डेढ करोड भन्दा बढी मुल्य रहेको ४५ रोपनी जग्गा प्राप्त भई सकेको र अझै २० रोपनी जग्गा प्राप्त हुने क्रममा रहेको शिक्षालय प्रमुख प्रदिप राज पाण्डेले जानकारी दिए।

प्राप्त भएको जग्गामा शिक्षालयले प्रशासनिक भवन, शैक्षिक भवन, कर्मचारी आबास तथा अध्ययन गर्न आउने प्रशिक्षार्थीहरुको लागि होस्टल निर्माण गर्नेछ भने अन्य जग्गामा अध्ययनको लागि आवश्यक पर्ने गाईबस्तुको फारम, कृषि प्रयोगात्मक फिल्ड, खेलकुद मैदानको लागि प्रयोग गर्ने छ।

तत्कालका लागि कार्य गर्न करीब ७० रोपनी आबश्यक रहेको र शिक्षालयलाई पूर्ण क्षमतामा लैजान माछा पोखरी, कुखुरा फार्म, बाख्रा फार्म, गाईबस्तुको गोठ, प्रयोगशाला गरी कुल ८० देखी १०० रोपनी न्युनतम जग्गा आवश्यक पर्ने शिक्षालय प्रमुखको भनाइ छ।

शिक्षालयमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार तयार हुने हो भने शिक्षालयलाई एउटा दक्ष प्राबिधिक कर्मचारीको केन्द्रको रुपमा र जिल्लाको सबै भन्दा आकर्षक कृषि पर्यटकिय क्षेत्रको रुपमा बिकसित हुने सम्भावना पनि छ।

गुल्मी र पाल्पाको सँगम स्थल तथा धार्मिक क्षेत्र समेत रहेको रिडी बजार देखि २७ किलोमिटर पश्चिम क्षेत्रमा रहेको मजुवा बजारमा शिक्षालय अवस्थित रहेको छ भने सो बाटो हुँदै पर्यटकिय गन्तव्यको रुपमा रहेको ढोरपाटन सिकार आरक्षमा पुग्ने तथा बाग्लुङ जिल्लाको दक्षिण पश्चिम क्षेत्रको महत्वपूर्ण बजार क्षेत्र बुर्तिबाङ तथा गलकोट लगायतका स्थानबाट पनि सोही रुट हुँदै बुटवल जाने गरिन्छ।

यसका साथै शिक्षालयले गुल्मी जिल्लाका विभिन्न ७ वटा पालिका सँग समन्वय गर्दै विद्यार्थीहरुलाई निःशुल्क प्राविधिक विषय अध्ययन गर्ने व्यवस्था समेत गरेको छ। जस अन्तर्गत चन्द्रकोट र सत्यवती गाउँपालिकाले शैक्षिक सत्र २०८०/०८१ देखि दिदै आएको ८-८ जनाको छात्रवृत्ति कोटालाई निरन्तरता दिने बताएका छन भने यसै शैक्षिक सत्रदेखि कालीगण्डकी गाउँपालिकाले ६ जना, धुर्कोटगाउँपालिकाले ६ जना, गुल्मीदरबार गाउँपालिकाले ४ जना, रुरुक्षेत्र गाउँपालिकाले आफ्नो पालिकाबाट अध्ययन गर्न इच्छुक सबैजनालाई पूर्ण छात्रबृत्ति दिने तथा मुसिकोट नगरपालिकाले आफ्नो नगरपालिकाबाट अध्ययन गर्न जाने सबै बिधार्थीलाई अध्ययन गर्दा लाग्ने शुल्कको ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ।

भने CTEVT ले कृषि बालीबिज्ञान कार्यक्रम अध्ययन गर्ने ४ जना र पशु विज्ञान कार्यक्रम अध्ययन गर्ने ४ जना गरी उत्कृष्ट ८ जनालाई ३ बर्षसम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था रहेको शिक्षालयले जनाएको छ । शिक्षालय नेपाल सरकारको पूर्ण सरकारी भएको कारण पनि अन्य शिक्षालयमा भन्दा अत्यन्तै सस्तो पचास हजार मै अध्ययन गराउने व्यवस्था रहेको छ । शिक्षालयले हाल कृषि तर्फ बाली बिज्ञान र पशु विज्ञानमा भर्नाको लागि ८० कोटामा आवेदन समेत माग गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो