चैत्र ९ पाल्पा — तिनाउ खोलामा नुहाउने क्रममा बेपत्ता भएका दुई युवकमध्ये एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार भारतको सन्तकबीर नगर निवासी १७ वर्षीय अमन अन्सारीको शव आज बिहान १०:१० बजे फेला परेको हो।
प्रहरीका सूचना अधिकारी डीएसपी होमप्रकाश चौधरीका अनुसार अन्सारी बगेको स्थानबाट करिब सय मिटर तल उनको शव भेटिएको हो।
अर्का बेपत्ता सोही उमेरका भारतीय नागरिक फरान अन्सारीको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।
अस्ति दिउँसो करिब ४ बजे भारतबाट घुम्न आएका ७ जनाको समूह तिनाउ खोलामा नुहाउने क्रममा दुई युवकलाई खोलाले बगाउँदा उनीहरू बेपत्ता भएका थिए।
घटनामा अन्य ५ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







