Smoking Causes Cancer

रोल्पामा मिनी ट्रक दुर्घटना: बाटो भासिँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा



ओझेलका खबर
१ दिन अगाडि


Awareness

Place for ads

 

​रोल्पा, २८ जेठ । रोल्पाको माडी गाउँपालिकामा आज बिहान एउटा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय  रोल्पाका  सुचना अधिकारी  प्रहरी निरीक्षक सुनिल  थापा  नेपालीका  अनुसार आज (बुधबार) बिहान अन्दाजी ७:३० बजेको समयमा रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ पात्लेस्थित बल्ले-झिनुवा भित्री सडक खण्डमा गुडिरहेको मिनी ट्रक दुर्घटनामा परेको हो।

सिंचाई
Forest
Ad.

बल्लेखोला देखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेको अवस्थामा एक्कासि बाटो भासिँदा सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि गाडीमा सवार सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ दुदिलाबोट बस्ने वर्ष ४७ का चन्द्रबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। उनको शव दुर्घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ।
​उक्त मिनी ट्रक चालक दाङको बबई गाउँपालिका वडा नम्बर ५ जौबारी बस्ने वर्ष ४२ का नोखिराम वली रहेका छन्। दुर्घटनामा चालक वलीको ढाडमा सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
​गाडीमा चालकसहित २ जना मात्र सवार थिए। घटना लगतै उद्धार कार्य जारी राखिएको

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो