Smoking Causes Cancer

भोटेकोशी बाढी : भारतमा ९ सहित १,२२७ शव फेला



ओझेलका खबर
१३ मिनेट अगाडि


Place for ads

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भारतमा फेला परेका ९ शवसहित हालसम्म १ हजार २२७ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार रसुवामा ४५, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७, नवलपरासी पश्चिममा १९० र भारतमा ९ शव फेला परेका हुन्।

फेला परेका शवमध्ये १ हजार ११३ जनाको लासजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

पहिचानका लागि आवश्यक प्रक्रिया र डीएनए नमुना सङ्कलनपछि ८६९ शव व्यवस्थापन गरिएको छ। व्यवस्थापन गरिएका शवमध्ये १७४ महिला, २५७ पुरुष र ४३८ जनाको लिङ्ग पहिचान हुन सकेको छैन।

प्रहरीका अनुसार पहिचान हुन नसकेका ९११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ। प्रभावित क्षेत्रबाट ६ हजार ५४१ जनाको उद्धार गरिएको छ भने ४ हजार ८५८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ।

विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार २२५ जना रहेका छन्। नुवाकोटमा २ हजार १२६, धादिङमा ३३१, रसुवामा ४३३ र काठमाडौंमा ३३५ जनालाई राखिएको छ।

Awareness by SKF

प्रहरीले बाढीको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ। विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो