Smoking Causes Cancer

Awareness Campaign

रोल्पाको थवाङमा ट्र्याक्टर दुर्घटना, चालकको करङ भाँचियो



प्रेम सुनार
२ घण्टा अगाडि


Awareness

Place for ads

रोल्पा: रोल्पाको थवाङ गाउँपालिका-२, दोवाने वनस्थित सहिद मार्गमा ट्र्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।

आइतबार बिहान करिब १ः४० बजे छेर्लावाङबाट थवाङतर्फ जाँदै गरेको लु ५ त २१५ नम्बरको ट्र्याक्टर आफैं अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल थवाङ खोलाको तटमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्र्याक्टर चालक थवाङ गाउँपालिका निवासी ३१ वर्षीय सहेन्द्र रोका घाइते भएका छन्। उनको छातीको दाहिने भागमा चोट लागेको र करङ भाँचिएको बताइएको छ। घाइते रोका बोल्न सक्ने अवस्थामा रहेको तथा उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइते चालकको उद्धार गरी उपचारका लागि थवाङ आधारभूत अस्पताल पठाएको जनाएको छ।

ट्र्याक्टरमा चालकसहित तीन जना सवार रहेकोमा अन्य दुई जना भने सकुशल रहेका छन्। दुर्घटनाग्रस्त ट्र्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →