Awareness

गुल्मी धुर्कोटका शिक्षक कर्मचारी राजु पछाईको मुत्यु



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी , जेठ २७ । समय राती १०.१५ । गुल्मी धुर्कोट गाउँपालिकाका एक जना होनहार युवा राजु पछाईको मृत्यु भएको दु:खद खबर आज साझ प्राप्त भएको छ ।

धुर्कोट गाउँपालिका शिक्षा शाखामा काजमा कार्यरत धुर माविका लेखापाल पछाई दुई दिन अघि लडेर घाईते भएको भन्दै गुल्मी अस्पतालमा ल्याईएको थियो ।
त्यस अस्पताल बाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुराईएका पछाईको अहिले साझ उपचारका क्रममा मृत्यु भएको दु:खद खबर प्राप्त भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए ।
स्थानीयका अनुसार पछाई स्थानीय धुर माबि बाट पालिकाको शिक्षा शाखामा काजमा आएका थिए ।
उनको घरमा श्रीमति तिन छोरीहरु रहेका छ्न । लडेर घाईते भएको भनिएको बिषयमा बुझ्दौ यस दु:खद घटनाको अपडेटमा रहने नै छौ । सामाजिक संजालमा पछाईको फोटो पोष्ट गर्दै नेपाली काङ्ग्रेसका नेता तथा धुर्कोट वस्तुका बासिन्दा महेन्द्र भण्डारी सहित धेरैले नाम गोप्य राखि दुख व्यक्त गरेका छ्न ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →