२४ असार २०८३, रोल्पा।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ गाइबिसौनास्थित घोराही–घर्तीगाउँ सहिद मार्गमा राप्ति समितिको यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १३–१४ जना यात्रु घाइते भएका छन्।
<span;>प्रहरीका अनुसार आज अपराह्न करिब ३:३५ बजे घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिँदा दुर्घटना भएको हो। बस चालक माडी गाउँपालिका–२ निवासी २६ वर्षीय चन्द्रवीर पुन रहेका छन्।
<span;>दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुवागाउँबाट प्रहरी सहायक निरीक्षक प्रेम हमालको नेतृत्वमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थल पुगेको थियो। बसमा सवार करिब २२–२५ यात्रुमध्ये घाइते भएका १३–१४ जनालाई उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी नुवागाउँ पठाइएको प्रहरीले जनाएको छ।
<span;>
घटनापछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। थप उद्धार तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मनीष थापाको नेतृत्वमा ९ जना र जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा ११ जनाको टोली परिचालन गरिएको छ।
घाइतेहरूको नाम, अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
(मिति : २०८३ असार २४ गते समय : साँझ ४५३ बजे (प्रारम्भिक विवरण)
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |



