Smoking Causes Cancer

गुल्मीमा फेरि बेवारिसे भरुवा बन्दुक भेटियो,आखिर किन धमाधम भेटिन थाले झाडीमा बन्दुक ?



ओझेलका खबर
१४ घण्टा अगाडि


Place for ads

गुल्मी , साउन -२३ । गुल्मीमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम रोकिएको छैन। पछिल्लो चरण जिल्लाको मदाने गाउँपालिका–२ बाँझकटेरीमा प्रहरीले ढुंगाको बीचमा लुकाइराखेको अवस्थामा फेरि एउटा भरुवा बन्दुक बरामद गरेको छ।
बाँझकटेरीस्थित अस्थायी प्रहरी पोस्टबाट गस्तीमा खटिएको प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

हिजो साउन २२ गते साँझ करिब ५ बजे उर्लाबारीचौर क्षेत्रमा गस्ती गर्ने क्रममा ढुंगाको बीचमा लुकाएर राखिएको अवस्थामा एक थान बेसाबुत भरुवा बन्दुक फेला पारेको हो।

प्रहरीले उक्त बन्दुकलाई रीतपूर्वक बरामद गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहमा ल्याएको जनाएको छ।

सिंचाई
Forest
Ad.

तर, यो घटनाले एउटा गम्भीर प्रश्न भने फेरि उठाएको छ—गुल्मीका जंगल, झाडी र ढुंगामुनि बन्दुक किन भेटिन्छन् ? बन्दुक भेटियो, बरामद भयो र अनुसन्धान सुरु भयो—यतिमै समाचार सकिने विषय हो त?
कसले बन्दुक लुकायो?किन लुकायो? कहाँबाट आयो?
के यसको प्रयोग वन्यजन्तुको अवैध शिकारमा हुँदै आएको छ? कि विगतमा प्रयोग भएका हतियार अझै लुकाएर राखिएका छन्?

यी प्रश्नको जवाफ प्रहरी अनुसन्धानबाट खुल्न बाँकी छ।
अझ महत्वपूर्ण कुरा, यदि यस्ता हतियार पटक–पटक बेवारिसे अवस्थामा भेटिरहेका छन् भने यसको प्रवृत्तिमाथि छुट्टै अध्ययन आवश्यक देखिन्छ।

मदानेको बाँझकटेरीमा भेटिएको यो पछिल्लो घटनाले गुल्मीमा अवैध हतियारको अवस्थाबारे फेरि बहस सुरु गराएको छ। अब प्रहरीले एउटा बन्दुक कसले छाड्यो भन्ने मात्रै होइन, गुल्मीमा यस्ता बेवारिसे हतियार कति भेटिए, कहाँ–कहाँ भेटिए र ती हतियारको स्रोत पत्ता लाग्यो कि लागेन भन्ने विषय पनि सार्वजनिक गर्नुपर्ने देखिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो