Smoking Causes Cancer

पर्यटकीय क्षेत्र नरसिंहकोटमा दशै मेला सञ्चालन हुने



भुवन काफ्ले
४ वर्ष अगाडि


Place for ads

बागलुङको निसीखोला गाउँपालिका ७ राजकुट नरसिंहकोट मा दशै मेला आयोजना हुने भएको छ।पर्यटकीय क्षेत्र नरसिंहकोटमा मेला आयोजना हुने भएको हो।

बाइसे चौबिसे राज्यको पालामा नरसिंह नाम गरेका भुरे राजाले राज्य सञ्चालन गरेर बसेको भन्ने विश्वास् छ।उनै राजाको नाम र बसेको ठाउँ लाई नामकरण गरि यश क्षेत्रको नाम नरसिंहकोट राखिएको हो।नरसिंहकोट र टाकुरा यहाँको मुख्य पर्यटकीय क्षेत्र हुन्।

नरसिंहकोटमा हरेक वर्ष दशैको अवसरमा मेला आयोजना हुने गर्दछ।यस वर्ष पनि असोज १३ गते देखि १८ गते सम्म मेला आयोजना गरिने भएको छ।मेलामा पुरुष महिला भलिबल,पुरुष महिला छेलो,दोहोरी गीत लगायत आधा दर्जन भन्दा बढी कार्यक्रम सञ्चालन हुने भएको छ।

सिंचाई
Forest
Ad.

पुरुष भलिबलमा प्रथम हुनेले ८१ हजार हात पार्नेछन् भने द्वितीय हुनेले ५५ हजार पाँच सय पच्पन्न हात पार्ने छन्।त्यस्तै महिला भलिबल तर्फ प्रथम हुने ले २१ हजार एक सय एक्काईस र द्वितीय हुनेले १५ हजार हात पार्ने छन्।

मेलामा बालचन्द्र बराल,मिना बुढाथोकी,रेनुका भट्टराई लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया