Smoking Causes Cancer

गलकोट नगरपालिकालाई अन्तर्राष्ट्रिय बागलुङ समाज कपको शानदार उपाधि



लालु प्रसाद गैरे
९ महिना अगाडि


Place for ads

बागलुङ: अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजना गरिएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हात पारेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले निसिखोला गाउँपालिकालाई ३–२ सेटको रोमाञ्चक नतिजासहित पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

निकै प्रतिस्पर्धात्मक रुपमा भएको फाइनलमा गलकोटले पहिलो, तेस्रो र पाँचौँ सेट क्रमशः २७–२५, २५–२० र २४–२२ को अन्तरमा जित हात पारेको थियो । त्यस्तै निसिखोलाले दोस्रो र चौथो सेटमा २५–१७ र २६–२४ को अन्तरमा जित निकाले पनि अन्तिम सेटमा हार बेहोर्दै उपविजेतामा सीमित रह्यो ।

सिंचाई
Forest
Ad.

विजेता गलकोट नगरपालिकाले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता निसिखोलाले नगद रु. १ लाख, तृतीय स्थान हासिल गरेको काठेखोला गाउँपालिकाले रु. ५० हजार र शान्त्वना स्थानमा रहेकी ढोरपाटन नगरपालिकाले रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा विधागत पुरस्कार अन्तर्गत सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, डिफेन्स तथा उदयमान खेलाडीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो