बागलुङ: अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजना गरिएको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा गलकोट नगरपालिकाले निसिखोला गाउँपालिकालाई ३–२ सेटको रोमाञ्चक नतिजासहित पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
निकै प्रतिस्पर्धात्मक रुपमा भएको फाइनलमा गलकोटले पहिलो, तेस्रो र पाँचौँ सेट क्रमशः २७–२५, २५–२० र २४–२२ को अन्तरमा जित हात पारेको थियो । त्यस्तै निसिखोलाले दोस्रो र चौथो सेटमा २५–१७ र २६–२४ को अन्तरमा जित निकाले पनि अन्तिम सेटमा हार बेहोर्दै उपविजेतामा सीमित रह्यो ।
विजेता गलकोट नगरपालिकाले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता निसिखोलाले नगद रु. १ लाख, तृतीय स्थान हासिल गरेको काठेखोला गाउँपालिकाले रु. ५० हजार र शान्त्वना स्थानमा रहेकी ढोरपाटन नगरपालिकाले रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विधागत पुरस्कार अन्तर्गत सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, मिडल ब्लकर, डिफेन्स तथा उदयमान खेलाडीलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






