मुसिकोट गुल्मी: लुम्बिनी कप कराँते प्रतियोगितामा विजेता विद्यार्थीलाई महेन्द्र आदर्श नमुना माविद्वारा सम्मान गरिएको छ । मङ्गलबार महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार गुल्मीले आफ्नो विद्यालयबाट प्रतियोगितामा सहभागी भएर पदक प्राप्त गरेका खेलाडीहरुलाई एक कार्यक्रमका बिच सम्मान गरेको छ ।
गत जेठ २८ गतेदेखि ३१ गतेसम्म नेपाल कराँते सङ्घद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय विद्यालयस्तरीय लुम्बिनी कप कराँते प्रतियोगितामा महेन्द्र आदर्श नमूना माध्यमिक विद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी विभिन्न पदक जित्दै विद्यालय, मुसिकोट नगरपालिकासङ्गै गुल्मी जिल्लाको गौरव बढाएको भन्दै थप हौसला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।
नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, अफगानिस्तान लगायत ८ राष्ट्रका ६५० खेलाडी सहभागी उक्त प्रतियोगितामा खेलाडी विद्यार्थीहरूले ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जित्न सफल भएकोले मङ्गलबार विद्यालयले सम्मान गरेको विद्यालयका खेल संयोजक भूगोल सापकोटाले बताउनुभयो ।
जस अन्तरगत पूजा राना ५० केजी, गोमा राना ५५ के.जी. , बेदिका नेपाली ६८ केजी, सुनिल राना ६० केजीतर्फ स्वर्ण पदक जितेका छन । झरना नेपाली ४५ केजी, सुवास कुमाल ५५ केजीतर्फ रजत पदक प्राप्त गरेका छन ।
त्यस्तै मनिषा राना ५० केजी, सुहानी थापा एकल कातातर्फ र शिव कुमालले ४० केजीतर्फ कास्य पदक जित्न सफल भएको र यसलाई अझ उचाइमा पुराउन विद्यार्थीलाई निरन्तर अभ्यास र हौसला प्रदान गर्न आवश्य रहेको शिक्षक ललित गिरीले प्रतिकृया दिनुभयो ।
त्यस्तै मालिका इङ्ग्लिश बोर्डिङ्ग स्कुल मुसिकोट ७ वामीटक्सारबाट सोही कार्यक्रममा सहभागी भएर सोम सारु मगर ४० केजीतर्फ स्वर्ण पदक विजेता भएको भन्दै उक्त विद्यालयले पनि सम्मान गरेको पृन्सिपल पुस्तकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










