रेसुङ्गा: गुल्मीको चन्द्रकोट गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप अन्तरपालिका खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले उद्घाटन गर्नुभयो।
प्रतियोगीतालाई संबोधन गर्दै खत्रीले चन्द्रकोटका सवै सूचांङ्कहरुमा सुधार हुँदै गएकोप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले खेल क्षेत्रमा बिगतदेखि चन्द्रकोटको छवि राम्रो भएकाले पालिका स्तरका खेल र प्रतिस्प्रर्धाले खेलागीहरुलाई उर्जा तथा क्षमता विकासमा टेवा पुराउने बताउनुभयो ।
त्यस्तै बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले स्थानीय तहका आफ्नै बाध्यता हुँदा पनि जनताको काममा आफुहरु दिनरात नभनेर लागि परेको बताउनुभयो । उहाँले अहिले समाज र संजाल नकरात्मकतातिर बढि केन्द्रित भएकाले नागरिक कर्तव्यको क्षयहुँदै गएपछि सरकारका सकरात्मक प्रयास ओझेलमा परेको बताउनुभयो ।
अध्यक्ष कपमा चन्द्रकोट गाउँपालिका भित्रका १०, मुसिकोट नगरपालिकाका दुई, कालीगण्डकीवाट एक, बरेङ्ग गाउँपालिका र बडिगाड नगरपालिका बाग्लुङ्गबाट एक÷एक गरेर १६ समूहले प्रतिस्पर्धा गर्दैछन । प्रतिस्प्रर्धामा प्रथम हुनेले ७० हजार रुपियाँ, द्वितीयले ५० हजार रुपियाँ, तृतीय हुनेले ३० हजार रुपियाँ नगद ट्रफी तथा मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
सेमिफाइनल खेल चन्द्रकोट ४ ए) र चन्द्रकोट ६, चन्द्रकोट ५ र चन्द्रकोट ५ (बि), मुसिकोट ५ र बरेङ्ग ३ तथा चन्द्रकोट १ र कालीगण्डकी बिच प्रतिस्प्रर्धा हुँदैछ । त्यस्तै चन्द्रकोट २ र चन्द्रकोट ७, मुसिकोट ५ र बरेङ्ग ४, चन्द्रकोट ५ (ए) र चन्द्रकोट ३, बडिगाड ५ र चन्द्रकोट ४ (बि) बिच सेमिफाइनलमा प्रतिस्पर्धा हुने गाउँपालिकाका शिक्षा अधिकृत नयन सिह ठकुरीले जानकारी दिनुभयो ।
गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तरगत साढे पाँच लाख रुपियाँ बजेट बिनियोजन गरिएको चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँका खेल प्रतिभाहरुहरुको पहिचानका लागि बर्सेनी प्रतियोगीता गर्दै आएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले बताउनुभयो । उहाँले पुर्वाधारसंगै शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदमा क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो ।
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |