Hi-Speed Computer

Awareness Campaign

सुपादेउरालीको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् (कार्तिक २३)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

आज २३ कार्तिक २०७८ मंगलवारको राशिफल सुपादेउराली देवीको दर्शन गर्दै पढ्नुहोस्, मनोकामना पूर्ण हुनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। श्रमको उचित मूल्याङ्कन हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सजिलै अरूको मन जित्न सकिनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ ज्ञान सिक्ने मौका र रोजगारको अवसर मिल्नेछ।

Forest
Forest
Ad.

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ। आँटेको र ताकेको कार्य पुरा होला। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज कुनै कुराले मनमा शान्ति छाउनेछ। गरेका कामबाट राम्रै लाभ हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ। धर्मकर्ममा मन पनि लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): रोकिएका कामहरू पुनः सुरु हुन सक्छन्। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। जोशजाँगर र उमङ्ग बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। प्रेम जीवन सुखद् नै रहनेछ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): निर्णय कार्यान्वयन हुन नसक्ला। आत्मबलमा कमी आउनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। लगानी डुब्ने भए पनि छ, अत: सचेत रहनु होला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सिद्धिको योग छ। विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। बिनाप्रतिस्पर्धा फाइदा पनि हुनसक्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): उच्च महत्वकाङ्क्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती र झमेला आउने देखिन्छ, तर आफन्तबाट साथ र सहयोग मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ्। अरुलाई प्रभावित पारेर काम बन्नेछ। कार्य क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ। सौन्दर्यतामा धन खर्च हुनेछ। सरकारी निकायको भय रहला। शेयर बजारले पनि साथ नदेला।‌

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आजको दिन लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय रहनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस्। सुपादेउराली देवीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया