Clean Water Campaign

Awareness Campaign

मनकामना मन्दिरको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस्, मनोकामना पूरा हुनेछ (कार्तिक ७)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रमणीय र सुखद् यात्राको योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज सानातिना समस्यामा अल्झनुपर्नेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): प्राविधिक काममा सफलता प्राप्त हुनेछ। साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ। चिन्ता छाडेर चिन्तन गर्ने समय छ। प्रेमीको सहयोग पनि प्राप्त हुनेछ।

सिंचाई
Forest
Ad.

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सौन्दर्यतामा धन खर्च हुनेछ। नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला। गरेका काममा ढिलासुस्ती हुनेछ। यात्रामा मालसामान हराउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ। महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज रमाइलो यात्राको योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। प्रेममा मधुरता छाउनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

Awareness by SKF

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। दिनको उत्तरार्ध सुखद् रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। नयाँ कार्यको योजना बन्नेछ। शत्रुमाथि विजय मिल्ने समय छ। रमाइलो यात्राको योग पनि छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): घरायसी कार्य अगाडि बढ्नेछ। परिवारमा सुख सन्तोष छाउनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। सफल यात्राको योग पनि छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आज विद्या र बुद्धिको विकास हुनेछ। दाम्पत्य जीवन सुखमय रहला। नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ। विश्वासपात्रले काममा साथ दिनेछन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज लक्ष्मी प्रसन्न हुने योग छ। सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। राज्यबाट मान सम्मान पनि पाइनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। मनकामना देवीले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया