Hi-Speed Computer

Awareness Campaign

विघ्नहर्ता गणेशजीको तस्वीर छोएर आजको दिनको सुरुवात गरौँ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

आज ३ कार्तिक २०७८, बुधवार, कोजाग्रत पूर्णिमा व्रत/कार्तिक स्नान आरम्भ/आकाशदीप दान आरम्भ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सामान हराउने वा चोरी हुने सम्भावना छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके समस्याबाट मुक्त हुन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथिको आगमन हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।

Forest
Forest
Ad.

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज स्वास्थ्यमा खर्च बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। सानातिना समस्यामा अल्झनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ। भाग्यले विभिन्न अवसरपनि जुराउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज रोकिएका काम पूरा हुन सक्छ। धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ। करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): रोकिएका काम पुनः सुरु हुन सक्छन्। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। लाभदायक यात्रा होला, तर पुँजी बजार भने कमजोर रहला।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेमिकाको सुझाव अनुरूप नयाँ कार्य सम्पन्न पनि गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आज भाग्यले विभिन्न अवसर जुराउनेछ। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। घरमा अतिथिको आगमन हुनेछ। मन खुसी र प्रसन्न पनि रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा राम्रै धनलाभ पनि हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामूहिक तथा रमाइलो सफल यात्रा हुनेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। व्यवसायमा सफलता र आर्थिक सहयोग पनि मिल्नेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। सवारी साधन खरिद गर्ने योग छ। आज पहेँलो रङ्गको पहिरन गर्नाले विभिन्न समस्याबाट जोगाउन सक्छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): महत्त्वपूर्ण कामको थालनी हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लक्ष्मी प्रसन्न हुने योग पनि छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया