काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा खुला उपसभापति पदमा डा. चन्द्र भण्डारीले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतको फराकिलो अग्रता कायम गर्नुभएको छ।
नेपाली कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म १२२९ मतगणना सम्पन्न हुँदा (१२२४ सदर र ५ मत बदर) खुला उपसभापति पदमा डा. चन्द्र भण्डारीले ६४३ मत प्राप्त गर्नुभएको छ।
उहाँलाई पछ्याइरहनुभएका इ. मधु आचार्यले ३६२ मत ल्याउनुभएको छ। अन्य प्रतिस्पर्धीहरूमध्ये गोविन्द भट्टराईले ३०८, सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरुङले २२३ र प्रा. डा. चन्द्रमोहन यादवले १२९ मत प्राप्त गर्नुभएको छ।
समावेशीतर्फको उपसभापतिमा विनोदकुमार चौधरी ३५७ मतका साथ अग्रता स्थानमा हुनुहुन्छ। उहाँलाई जीवन परियारले ३०० मतसहित पछ्याउनुभएको छ भने फरमुल्लाह मंसुरले १७७, सीता गुरुङले १५७ र रंजीत कर्णले १०० मत प्राप्त गर्नुभएको छ।
त्यस्तै, महामन्त्री खुला (दुई पद) तर्फ प्रदीप पौडेल ७२३ र अमरसिंह पुन मगर ४५५ मतका साथ अगाडि रहनुभएको छ। अन्य प्रतिस्पर्धीहरूमा उदयशमशेर राणा (४१२), डा. सुनिलकुमार शर्मा (३०९), गुरुराज घिमिरे (१७८), नैनसिंह महर (१३५), शंकर तिवारी (१९) र डा. सन्तोष उपाध्याय (१७) मत ल्याउनुभएको छ।
महामन्त्री महिला (एक पद) तर्फ डा. डिला संग्रौला पन्त ५३६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने महालक्ष्मी उपाध्याय ‘डीना’ ५१३ र रीता खनाल १४७ मतका साथ पछ्याइरहनुभएको छ।
महाधिवेशनबाट पार्टी सभापतिमा गगन थापा निर्वाचित भइसक्नुभएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध चयन भइसक्नुभएको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







