Awareness

Get Vaccinated

मुसिकोटका खड्ग देवताको दर्शन गर्दै आजको राशिफल पढ्नुहोस् (असोज २)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

आज २ कार्तिक २०७८, मंगलवार, कोजाग्रत व्रत तदनुसार अक्टोबर १९, २०२१ को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ। पेसा र व्यवसायबाट लाभ हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विद्या र बुद्धिको विकास हुनेछ। पारिवारिक भेटघाटमा रमाइन्छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यात्रामा मालसामान हराउन सक्छ। कार्य सम्पादनमा समस्या आउला। साँझमा पैसा खर्च हुने योग छ। चो’टपटकको भ’य छ सचेत रहनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। रमाइलो यात्राको योग रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ। आर्थिक कारोबारमा मन्दी आउनेछ। मनमा दुविधा उत्पन्न होला। सौन्दर्यतामा धन खर्च हुनेछ।

Awareness by SKF

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ। आर्थिक कारोबारमा विवाद पनि आउला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। रमणीय, सुखद् र धार्मिक यात्राको योग छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ। रमणीय र सुखद यात्राको योग पनि छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। मुसिकोट दरबारबारका खड्ग देवताले हामी सबैको कल्याण गरून्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया