Hi-Speed Computer

Awareness Campaign

आज १ कार्तिक २०७८ सोमवारको राशिफल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अरूलाई प्रभावित पारेर काम बन्नेछ। चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। पुनर्मिलनको योग रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज घरमा अतिथिको आगमन हुनेछ। बोलीको भरमा कार्य सम्पादन हुनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

Forest
Forest
Ad.

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मनमा दुविधा उत्पन्न हुनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज रमणीय र सुखद् यात्राको योग छ। मनमा हर्ष, उमङ्ग र उत्साह रहला। अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ। रोमाञ्चक यात्रा पनि होला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज श्रमदान गर्ने अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेममा सफलता प्राप्त हुनेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

Awareness by SKF

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): न्यायिक कार्यमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पुरा होला। आफन्तको प्रगतिम मन रमाउनेछ। वस्त्र एवं अलंकार प्राप्ति हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आज शुभ समाचार सुन्न पाइएला। कला र गलाको प्रभाव बढ्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर यात्रा गर्दा चै दुख पाइन सक्छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आज आकस्मिक धनलाभ हुनेछ। महिला वर्गबाट सहयोग मिल्नेछ। कूटनीतिक नियोगको सहयोग मिल्ला। पारिवारिक सद्भाव पनि बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ। नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया