Place for ads

Awareness

आज ३० असोज २०७८ शनिवारको राशिफल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ। औपचारिकतामा अल्ली बढी व्यस्त रहनुपर्नेछ। मनोरञ्जनमा सहभागी पनि भइएला।

Get Vaccinated

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आज धनको क्षेत्र सबल रहनेछ। व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ। वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्त: फाइदा नै पुर्याउनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आज परोपकार गर्नुमा नै भलो हुनेछ। भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ। आफन्त सँग भेटघाट पनि हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): आज क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ।

Awareness by SKF

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ। अतिथिको रूपमा सत्कार पाइएला। पुरानो साथीभाई सङ्ग भेटघाट हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला। मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ। बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): धार्मिक यात्राको योग छ। जोशजाँगर र उमङ्ग बढ्नेछ। बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ। मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ। कतै घुम्न जाने योजना बन्न सक्छ।

COVID-19

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। अभिभावकको सुझावले उचाइमा पुर्याउन मद्दत गर्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ। अभिभावकले ससाना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस्। – ज्यो.पं. नारायणप्रसाद दुलाल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया