Awareness

Get Vaccinated

अवश्य हेर्नुहोस् आफ्नो साप्ताहिक राशिफल, यी राशिको भाग्योदय हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

असार १२ देखि १८ गते सम्मको साप्ताहिक राशिफल

मेष (Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
Aries
यो साता नयाँ र शुभ कार्यको योजना बन्नेछ। जुक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। बोलीको प्रभाव पनि बढ्नेछ। आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्नेछन्। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान्। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता मिल्नेछ।

शुभ अङ्क: १, ९
शुभ रङ्ग: रातो वा खैरो

वृष (Taurus) (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
Taurus
यो साता मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। सौन्दर्यतामा धन खर्च हुनेछ। पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ। मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ।

शुभ अङ्क: २, ७
शुभ रङ्ग: सेतो वा सुन्तला रङ्ग

मिथुन (Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा)
Gemini
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनैतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले मानसम्मान र ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ। साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ।

शुभ अङ्क: ६ ,८
शुभ रङ्ग: हरियो

कर्कट (Cancer) (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
Cancer
यो साता आफन्तको सहयोग प्राप्त हुनेछ। कृषि कार्यका कमहरू सहजै सम्पन्न हुनेछन्। धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ। वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ। यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग गुलाबी हो। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरि कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ।

Awareness by SKF

शुभ अङ्क: ४, ७
शुभ रङ्ग: गुलाबी

सिंह (Leo) (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
Leo
यो साता शुभकार्यको चर्चा चल्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। बुद्धि र विवेकको प्रयोग गर्न सके आगामी दिनलाई अझ सकारात्मक बनाउ सकिनेछ। साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ। शेयर बजारको लगानी पनि अर्थहीन हुनेछ। कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

शुभ अङ्क: १, ९
शुभ रङ्ग: रातो

कन्या (Virgo) (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
Virgo
यो हप्ता समाजमा कीर्तिमानी काम गर्ने समय छ। टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ। कलकारखाना र बन्दव्यापार पनि पुन: सुचारु हुने र आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ, तर शेयर बजारको लगानी अर्थहीन हुनसक्छ। कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ।

शुभ अङ्क: १, ६
शुभ रङ्ग:‌पहेँलो वा कालो

तुला (Libra) (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
Libra
यो सातामा पूर्व योजित यात्राका योजना विफल हुनेछन्। शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ। स्वास्थ्य प्रति सजग रहन आवश्यक छ। साताको उत्तरार्धबाट सूचना र प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिनेछ। बैंङ्किग क्षेत्रमा र साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ।

शुभ अङ्क: ४, ७
शुभ रङ्ग: सेतो वा खैरो

वृश्चिक (Scorpio) (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
Scorpio
यो साता टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ। राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ। बिमा क्षेत्र, कृषिकार्य, सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। पुनर्मिलनको योग पनि रहेको छ। कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ।

शुभ अङ्क: ३, ५
शुभ रङ्ग: पर्पल वा गुलाबी

धनु (Sagittarius) (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
Sagittarius
यो सातामा अध्ययन वा कामको सिलसिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ। कृषि र घरायसी कामहरू अघि बढ्नेछ। प्रविधि मार्फत पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरूको सुरुवात हुनेछन्। कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ।

शुभ अङ्क: ३, ९
शुभ रङ्ग: हरियो वा पहेँलो

मकर (Capricorn) (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
Capricorn
यो साता विद्या र बुद्धिको ह्रास हुनसक्छ। सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरुले दुःख दिन सक्छन। सोमबारबाट नयाँ जिम्मेवारी पाइएला। अरुलाई प्रभावित पारेर काम बन्नेछ। स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ। कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ।

शुभ अङ्क: ३, ५
शुभ रङ्ग: खैरो वा रातो

कुम्भ (Aquarius) (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
Aquarius
यो हप्ता शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन्। विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्राविधिक, बिमा क्षेत्र र कृषिकार्यको व्यवसाय फस्टाएर जानेछ। मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ र बढी धन खर्च होला। कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ।

शुभ अङ्क: २, ६
शुभ रङ्ग: सेतो वा निलो

मीन (Pisces) (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
Pisces
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। पारिवारिक साथ र सहयोग मिल्नेछ। सूचना, प्रविधि र वैदेशिक क्षेत्रको व्यावसाय फस्टाएर जानेछ। साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ। आर्थिक कारोवारमा मन्दी पनि आउनेछ। कुनै शुभकर्म गर्नु पूर्व आफ्नो ईष्ट देवताको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ।

शुभ अङ्क: ४, ९
शुभ रङ्ग: सेतो

– ज्यो.प. नारायणप्रसाद दुलाल
साभार: हाम्रो पात्रो

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया