Awareness

Get Vaccinated

केरलामा भीषण पहिरो, ४५ जनाको मृत्यु



प्रेम सुनार
२ महिना अगाडि


Place for ads

१५ साउन, काठमाडौं । दक्षिण भारतको केरला राज्यमा भीषण पहिरो जाँदा ४५ जनाको मृत्यु भएको छ ।

केरलाको वायनाड जिल्लामा मंगलबार बिहान पहिरो जाँदा कयौं बेपत्ता भएको बीबीसीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले ३६ जनाको शव पारेको छ भने पहिरो गएकै स्थानमा  ९ जनाको शव चलियार नदीले बगाएर मालाप्पुरम जिल्लामा भेटिएको बताएको छ ।
पहिरोमा परेकाहरूको उद्धार गर्न र खोजीकार्य जारी रहेकाे बीबीसीले जनाएको छ । तर पुलहरू भत्केको र ठूलो पानी परिरहेकाले उद्धारमा समस्या  भइरहेको थियो।
प्रदेश स्वास्थ्यमन्त्री विना गोरेजले केही समयपछि क्षतिको एकिन विवरण दिन सकिने जानकारी दिनुभएको छ। उहाँले ७० जना घाइतेको उपचार भइरहेको र १०१ जनाको उद्धार गरिएको बताउनुभएको छ
भीषण पहिरोले केरलाका चार वटा गाउँ प्रभावित भएका छन् । स्थानीयले बताए अनुसार फरक फरक स्थानमा कम्तीमा तीन ठूला पहिरो गएको बताएका छन् । अहिले पनि त्यहाँ लेदो, ढुङ्गामाटो बगिरहेको छ ।
सन् २०१९ मा पनि अहिलेको भन्दा १० किलोमिटर पर गएको पहिरोले १७ जनाको ज्यान लिएको थियो ।
भारी वर्षाका कारणले गर्दा केरलाका १० जिल्लाका विद्यालय बन्द गरिएको छ ।
भारत सरकारले पहिरोमा ज्यान गुमाएकाहरूको परिवारलाई २ लाख र घाइतेहरूको लागि ५० हजार राहत घोषणा गरेको बीबीसिले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →