Smoking Causes Cancer

रुद्रावती बहुमुखी क्याम्पसमा झण्डै आठ लाख बराबरको छात्रवृत्ति वितरण गरिने



विष्णु प्रसाद आचार्य ‘चकित’
४ घण्टा अगाडि


Place for ads

मुसिकोट, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ वामीटक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा झण्डै आठ लाख बराबरको छात्रवृत्ति वितरण गरिने भएको छ।

यही असार २६ गते शुक्रबारका दिन बिहान ७ बजे विश्वविद्यालय अनुदान आयोग (UGC), लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय तथा मुसिकोट नगरपालिकाद्वारा प्रदान गरिएको उच्च शिक्षा प्रोत्साहन छात्रवृत्ति वितरण गरिने कार्यक्रम रहेको क्याम्पस प्रमुख हेमन्त घिमिरेले जानकारी दिनुभयो।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमध्येबाट प्रथम, द्वितीय, तृतीय र चौथो वर्षका दलित महिला, अल्पसङ्ख्यक, अल्पसङ्ख्यक महिला, महिला, जनजाति महिला, शारीरिक रुपमा अशक्त, दलित, दलित महिला लगायतको आधारमा छनोट गरी १३५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्न लागिएको लेखा प्रशासन सहायक सतिस बौद्धाचार्यले बताउनुभयो।

सिंचाई
Forest
Ad.

शुक्रबार बिहान गरिने छात्रवृत्ति वितरण कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनको प्रमुख आतिथ्यता रहने क्याम्पस प्रशासनले बताएको छ। कार्यक्रममा क्याम्पसको आन्तरिक र त्रिभुवन विश्वविद्यालयबाट संचालित परीक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिने पनि क्याम्पसले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो