Awareness

मृत्यु संस्कार: जहाँ शोक, त्यहीँ रिनको बोझ



ओझेलका खबर संवाददाता
९ महिना अगाडि


Place for ads

– कमल राज कार्की

हाम्रो सनातन धर्म संस्कृति र हामीले मानिआएका परम्परा समय र परिस्थिति अनुसार परिवर्तन गर्न जरुरी छ। शिक्षा स्वास्थ्य, संचार र यातायातको विकासले धेरै परिवर्तन हुने तर हामि बीच रहेका केही असान्दर्भिक कुराहरु परिवर्तन गर्न नसक्नु हाम्रो कमजोर हो। जस्तैः कुनै एकजना मान्छेको मृत्यु हुनु एउटा शरीर ढल्नु, एउटा आत्मा यो दुनियाँबाट विलय हुनु परिवारको लागि गहिरो शोक समाजको लागि दु:खद कुरा हो।

एउटा मान्छेले आफ्नो घर परिवार र समाज बनाउनको लागि जिन्दगीभर अनेक दुख कष्ट संघर्ष गरेको हुन्छ तर हामी यति निर्दयी बनिदिन्छौँ कि उसको प्राण जाने बित्तिकै उसको शरीरमा तातो हुँदै गर्दा पनि घाटतिर लैजान निकै हतार गर्छौं, जुन घरको बनाउन र रस्याहारसुसारको लागि उसले जिन्दगीभर हजारौं दुख गरेको हुन्छ उसैलाई तेहि घरको आगनमा २ घन्टा राखेर उसका आफन्तजन इष्टमित्रलाई हेर्न सम्म नदिन खोज्छौ बरु गाडीमा चढाएर घाटमा भिड जम्मा गर्छौ। हामि सबैको एकदिन मृत्यु हुन्छ र समाजमा बसेपछि कसैको मृत्यु हुँदा दुख लाग्नु शोक मनाउनु स्वभाविक हो तर त्यो मृत्यु हुने परिवारको आर्थिक अवस्था ,कति जनाको आस्वकता, कस्तो किसिमको सहयोग चाहिने यो सबै छाडेर भ्रमण हिँडे जसरी १५ जनाले हुने काममा १००/२०० जना गाडी माथि गाडी थपेर घाट सम्म पुग्नु शोकमा डुबेको परिवारलाई समवेदना दिनु भन्दापनि थप आर्थिक भार थपेर पीडा थुपार्नु आफैंमा अशोभनीय काम हो।

आफ्नो परिवारको सदस्य गुमाउनुको पीडा त छदैछ त्यस माथि झन गाडी, खाना नास्ता र अन्य व्यवस्थापनको खर्चको बोझ थुपारेर सहानुभूति देखाउन खोज्छौ त्यो हामि सभ्य मान्छेलाई नसुहाउने कुरा हो। त्यसलाई समयानुकूल परिबर्तन गरि मृत्युक घरमा शबलाई ४/५ घन्टा सम्म राखेर परिवारका सदस्य, इष्टमित्र, छरछिमेकी, नातागोताले अन्तिम श्रद्धाञ्जली वा मुख हेर्न साथै परिवारलाई समवेदना र हैसला प्रदान गर्न आस्वक साथ सहयोग बारे छलफल गरेर समाजमा आत्मीयता एवम भाईचारा हुने साथै सबैजना घरमै जम्मा भएपछी निश्चित र आस्वक मान्छे मात्रै घाटमा जाँदा धेरै हदसम्म शोकमा परेको परिवारलाई आर्थिक भार कम हुन्छ।

अनि पहिले हाम्रो पू्र्खाहरुले गरिरहेका केही संस्कार र चलनहरु थिए ती केही तेतिबेला वस्तु र ज्ञानको अभावले अनि कति कुराहरु त्यो समय सुहाउँदो अनुसार सस्कार र प्ररमपरालाई अहिले हामी १०० औं बर्ष पछि पनि हुबहु प्रयोग गर्न खोज्छौ, जस्तैः पहिले-पहिले खाने कुराहरु प्रसस्त थिएनन् र घ्यू को महत्त्व थियोे र सबैका घरमा गाईभैसी प्रसस्त हुन्थे र सबैको घरमा घ्यू हुन्थ्यो त्यसैले के लैजाने त भन्दा घ्यू लिएर जाने भन्ने चलन भयो जुन तेति बेलाको महत्त्व भयो र घ्यूको मूल्य पनि सामन्य थियोे। अहिले १०० औं वर्ष पछि तेहि पहिले को चलनलाई मानेर कहाँ -कहाँ बाट खोजेर राम्रो नराम्रो घ्यू चेलीबेटी ले लैजानु पर्न जुन घ्यु न खान योग्य हुन्छ न अहिले का मान्छेहरु ले घ्यु पचाउछन बेकारमा खेर जाने कुरालाई हुबहु मानेर बाध्यकारी नियम जस्तै बनाइएको छ र त्यसको फेरि जरिवाना तेहि शोकमा परेको परिवारले खोजी खोजी तिर्नुपर्ने !

आफ्नै चेलीबेटी इस्टमित्रले आफ्ना आफन्त लाई शोकमा परेको बेला शोक माथी रिन थपी दिए जस्तो घ्यू को पैसा छुट्टै दक्षिणा,खाना प्रसाद त्यो त एउटा शोक पिडाको बेला हो शोकलाई शक्ति मा बदल्न इस्टमित्र नातेदार चेलीबेटीले त सक्दो सहयोग गर्न अझै कतिपय अबस्थामा त आयआर्जन गर्न कमाउने मुख्य मान्छे को नै मृत्यु भएको हुन्छ तेस्तो बेला यस्तो खर्च गराउने भन्दा पनि थोरै थोरै भएपनी सहयोग लिएर सान्त्वना दिन हैसला दिन जाने हो। समय सङ्गै हामी पनि परिवर्तन हुन जरुरी छ “किर्या” बस्नु भनेको शोकमा बस्नु हो एक प्रकारको ध्यानमा बस्नु हो जब समय अनुसार मोबाइल चलाउन हुने तर घ्यू चाहिँ ल्याउनै पर्न अलि नमिल्दो भास्य बनाइएको छ र यसको समाधानको लागि यस्तो शोकमा परिवारलाई भेट्न सबैले सामन्य फलफूल वा यस्तो बेला प्रयोग हुने खानेकुरा हरु जस्तै अदुवा ,कागती ,साग आदि लिएर भेट्ने जाने कामकारबाहीमा सहयोग गर्न यसो गर्दा उक्त खानेकुरा हरु को उचित प्रयोग पनि हुने अनि आत्मीयता बढ्ने हुन्छ ।यस्तो शोकमा दान दक्षिणा भन्दा बरु साथ सहयोग र आत्मीयता बढाएमा हामी अझै विवेकशील हुनेछौँ र यस्ता सकारात्मक कुराहरु हाम्रा सन्तति हरुले सहर्ष स्वीकार गर्नेछन् ।

अझै ब्रामणहरुलाई दान दिने कुरा को त कुरै नगरौं कति मूर्ख हुने!, ब्राम्हणलाई उसको कर्म गरे बापत उसको पारिश्रमिक बापत प्रतिदिनको यति रकम वा जिन्सी तेहि होइन सर्वमान्य नियम! ए बाबा यतै पैसा चढाउ उतै चढाउ लता कपडा पलङ्ग पैसा सिरक डसना अझै सुन पनि रे ! जुन घरमा शोक परेको छ जुन परिवार पिडामा छ उहीँ परिवार माथी झन रिन को थुप्रो कस्तो मानवीयता अझै धर्म हुने रे पुन्य आर्जन हुने रे एउटा हुनेखाने ब्राह्मण लाई धनपैसा ,जिन्सी कपडा ,फर्निचर दिएर धर्म हुने कस्तो कुरिती अनि यस्तो अब्यबहारिक ,अमान्य चिज लाई धर्म र संस्कृति भनेर स्वीकार गर्न सकेको ।

Awareness by SKF

र यस्को समाधान को रुपमा ब्रामण लाई उसले गरेको कामको संमान साथ उचित पारिश्रमिक र खानपान को ब्यबस्थापन गर्न अनि यो दान त्यो पनि पैसा त्यो सरासर गलत छ र यो संस्कार लाई हटाएर बाह्रम्ण को पारिश्रमिक बाहेक कोहि कसैलाई आफ्नो आफन्तजनको स्मृतिमा दान गर्नुछ भने दुखी गरीब अनाथ अपांग ब्याक्ती वा आश्रमहरुमा सहयोग गर्न जुन सबभन्दा ठूलो पुन्य काम र स्वर्गीय ब्याक्तीको सम्झना र आफन्त जनले गरेको संमान हुन्छ र यस्तो महान कार्य अरुले अनुशरण गर्दै जादा एउटा ब्यक्ती पन्डित, बाहुन वा उसको परिवार मात्रै उकास्ने गलत पर्थाको अन्त्य भैइ निमुखा गरिब दुखि पीडित लाई राहत हुनेछ र सच्चा आशिर्वाद पाइने छ।

माथी उल्लेखित सबै कुराहरू सबैलाई पर्छ एक न एकदिन तर कोहि बोल्दैन। यस्तो गहन र सबैलाई परिआउने बिषय हो त सबै मौन छन र आफुले अनेकौं दुख कष्ट संघर्ष गरेर रगत पसिनाले कमाएको पैसा यस्तै यस्तै अनावश्यक खर्चमा खर्चेर एकातिर आफूलाई कम्जोर बनाईरहेका छौँ भने आर्को तिर यस्ता अब्यबहारिक चलनहरु ले गर्दा हाम्रा सन्तति हरुलाई हाम्रो सनातन हिन्दु धर्म बारे बुझाउन सिकाउन झन गाह्रो भैरहेको छ।त्यसैले यस्तो गहन विषयमा सबैले एकपटक मनन गरौ छलफल गरौ सम्भब छ र परिवर्तन गर्न जरुरी छ भने गाउँ समाज बसेर छलफल गरेर परिवर्तन गरौँ।

-कमल राज कार्की
हाल: सिक्स सेन्सेस रिसोर्ट माल्दिभ्स

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो