Place for ads

Awareness

गुल्मीमा पहिलो पटक नवनिर्मित गुम्बामा गुरुङहरुले मनाए ल्होसार



प्रेम सुनार
४ महिना अगाडि


Place for ads

गुल्मी: आजभन्दा १२ वर्ष अघि हामी गुरुङ समुदायको तमु ल्होसार पर्वको रिपोर्टिङ्ग गर्न पुग्दा हामी सदरमुकाम तम्घासबाट हिँडेर पुगेका थियौँ, रेसुङ्गा नगरपालिका-६ को गुरुङ गाउँमा। अहिले यसपालिको ल्होसार पर्वमा अधिकांश पिच बाटोमा स्कारपियो गाडीमा पुग्यो। उतिबेला ल्होसार पर्व गुम्बा नहुँदा घरको एक छेउमा मनाईएको थियो। अहिले शानदार पक्की भवनको गुम्बामा मनाईदै रैछ। उतिबेला गाउँघरे झ्याउरे गीत गाउने नाच्ने गरेर रमाईलो गरिन्थ्यो। अहिले गुरुङ समुदायले आफैले नौमती बाजा बजाएर नाच्दै रमाइलो गरे।

यसरी पहिलोपटक गुरुङ समुदायलाई पहिलो पटक आफ्नै नौमती बाजा बजाउने अवसर मिलाएको हो रेसुङा नगरपालिकाले। उसले डेढ लाख बजेट छुट्टाई दिएपछि गत हप्ता बाजा खरिद गरियो र गुरुङ्ग समुदायले सिक्दै रैछन र यसपालिको ल्होसार पर्व आफ्नै बाजा बजाएर मनाए। यहाँको गुम्बा भवन निर्माणमा नेकपा माओवादी केन्द्रकी नेतृ तथा लुम्बिनी प्रदेशकी पुर्व सांसद गिता थापाले २० लाख बजेट पार्न पहल गरेको सम्मानमा यसपालिको ल्होसार पर्व उनैको हातबाट उद्घाटन गर्नुभएको थियो।

Get Vaccinated

प्रमुख अतिथि थापाले यस अघि आफुले यस अघि थोरै मात्र सहयोग गरेको, यस गुम्बालाई पुर्णरुपमा सप्पन्न गर्न आफुले आगामी दिनमा थप पहल गर्ने प्रतिवद्धता जनाउनु भयो।

कार्यक्रममा रेसुङ्गा नगरपालिका कार्यपालिका सदस्य सिता विश्वकर्मा, वडा सदस्य तथा एमालेबाट वडा प्रतिनिधि रामप्रसाद मरासिनी, नेपाली काङ्ग्रेस वडा सभापति केशव मरासिनी, माओवादी केन्द्रका प्रतिनिधि चन्द्र कुँवर र गुरुङ्ग समुदायका स्थानीय अगुवा तथा तमु हिउला छजजु गुरुङ्ग राष्ट्रिय परिषद लुम्बिनी प्रदेशको उपाध्यक्ष राजेन्द्र बहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

तमु ल्होसार पर्वमा भगवान बुद्धको मुर्तिमा १०८ वटा दिप प्रज्वलन गरी स्थानीय वयोवृद्ध लोकबहादुर गुरुङ्गले आफ्नो चौरासी पुजाको बुद्ध सङ्ग अनुमति माग्दै र सरण पर्दै सुरु गर्नु भएको थियो। यहि नै चौरासी पुजाको गुरुङ्ग समुदायको विधि रहेको कार्यक्रमको संयोजन गरिरहेका विष्णु बहादुर कुँवरले जानकारी दिनु भयो। चौरासी पुजाको अवसरमा गुरुङलाई आफ्ना छोरी चेलीहरुले खादा लगाएर सम्मान गरिरहेका थिए भने वृद्ध गुरुङले दक्षिणा दिई रहेका थिए।

Awareness by SKF

कार्यक्रममा गुरुङ्ग समुदायका परम्परागत भेषभुषामा सजिएका गुरुङ्ग समुदायले आफ्ना पराम्पारगत परिकारद्वारा अतिथिहरुलाई सत्कार गरेका थिए।

खानपिन संगै गुरुङ्ग चेलीहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिई रहेका थिए। प्रदेश उपाध्यक्ष गुरुङ्का अनुसार लुम्बिनी प्रदेश भित्र करिब ३५ सय घरधुरी गुरुङ समुदाय रहेका छनए सबै भन्दा बढी रुपन्देहीमा छन। गुल्मी जिल्लामा करिब २ सय घरधुरी छन। गुल्मीमा सबैभन्दा बढी सङ्ख्या कुर्घाको स्वारा, कालिगण्डकीको धुवाखोला, इस्माको कल्यारा र रेसुङ्गा नगरपालिकामा त्यसै गुरुङ्ग गाउँमा अलि बढि सङ्ख्यामा बस्छन्। ल्होसार पर्व गुरुङ्ग समुदायको नयाँबर्ष र हरेक वर्षको बिरालो वर्ष पार गरी चिल वर्षमा प्रवेश गरेको मानिन्छ।

गुरुङ्ग समुदायको यो पर्व सबैभन्दा ठुलो चाड हो। त्यस पछि अर्को ठुलो चाड माघी औँसी मानिन्छ। २५ लाख लागतमा विश्व शान्ति गुम्बा प्रतिष्ठान निर्माण भएर २० लाख बजेट पारेर २०७३ सालदेखि अलपत्र गुम्बा भवन सम्पन्न गरेर आफुहरुको सपनट पुरा गराई दिएको भन्दै त्यस गाउँको गुरुङ इकाई समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्षता गरेका सुरेन्द्र गुरुङ लगायतका अगुवाहरुले पुर्व माननीय गिता थापालाई धन्यवाद दिए। अध्यक्ष गुरुङका अनुसार त्यस गुरुङ गाउँमा ६८ घर धुरी गुरुङ समुदाय बसोबास गर्छन। जिल्लाको स्वाँरा, कल्यारा र धुवाखोलाका गुरुङ्गहरुले पनि भव्यरुपमा ल्होसार पर्व मनाएको खबर पनि प्राप्त भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →