Place for ads

Awareness

अर्घाखाँचीमा ट्रिपर दुर्घटनामा एक जना घाईते



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी: हिजो साँझ गुल्मीको रिडीबाट हिडेको ट्रिपर अर्घाखाँचीको पाणेनी गाउँपालिकामा दुर्घटना हुँदा एक जना घाईते भएका छन। पाणेनी गाउँपालिका-६ को धातिबाङ र ७ को झन्द्रेकको बिचमा पर्ने डल्लेरह भन्ने स्थानमा दुर्घटना हुँदा एक जना घाईते भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी प्रतिक सिंह राठौरका अनुसार उक्त स्थानको सडकमा लु ३ ख २४१५ नम्बरको ट्रिपर ब्रेक फेल भई तल खोलामा खसेको छ। त्यसका चालक सामान्य घाईते भएको जानकारी आए पनि प्रहरी त्यहाँ जाँदै गरेकोले नपुगे सम्म विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी राठौरले जानकारी दिए।

Get Vaccinated

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →