Hi-Speed Computer

Awareness Campaign

वडा कप क्रिकेट: तानसेन ८ र ३ को फाइनल खेल भोलि हुने



सुमित्रा कंडेल
१ वर्ष अगाडि


Awareness

Place for ads

पाल्पा: तानसेन नगरपालिका वडा नं ४ ले आयोजना गरेको वडा कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा तानसेन-८, मदनपोखराले सानदार जित निकालेर फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। हिजो तानसेनको टुडिखेलमा भएको पहिलो सेमिफाइनल खेलमा तानसेन ८ ले तानसेन ५ लाई ५१ रनको फराकिलो अन्तरले हराएको हो ।

टस जितेर पहिला ब्याटिङ्ग गरेको तानसेन ८ ले निर्धारित १५ ओबरको खेलमा ५ विकेट घुमाएर १५३ रनको विसाल लक्ष्य पेश गरेको थियो । यसका लागि तानसेन ८ का कप्तान विपिन भट्राईले अविजित ३९ रन बनाएका थिए । साथै ओपनर दिनेश श्रेष्ठले ३० तथा दिपेन्द्र श्रेष्ठले ३२ रनको योगदान गरेका थिए । बलिङ्गमा तानसेन ५ का सागर सिल्वाल र उमेश रानाले समान २÷२ विकेट लिएका थिए । जवाफि ब्याटिङ्गमा आएको तानसेन ५ ले मात्र ९१ रन बनाउदा सबै विकेट घुमाउन पुग्यो । यसका लागि तानसेन ५ का सागर सिल्वालले २२ रन तथा किसन विष्टले १० रन बनाएका थिए । बलिङ्गमा तानसेन ८ का दिपेन्द्र श्रेष्ठ र दिपक बस्यालले समान ३÷३ विकेट लिएका थिए ।

खेलमा ब्याटिङ्ग तर्फ २० बलमा ३२ रन र बलिङ्ग तर्फ ३ विकेट लिएका तानसेन ८ का दिपेन्द्र श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् ।

Forest
Forest
Ad.

प्रगियोगिताको फाइनल खेल आइतबार बिहान १० बजे तानसेन ८ र तानसेन ३ बिच हुनेछ। फाइनल खेलका लागि वडा बासि सम्पुर्णलाई तानसेनको टुडिखेलमा आएर खेलाडिको हौसला बडाइदिनका लागि तानसेन नगरपालिका वडा नं ८ का वडा सदस्य डिल बहादुर थापाले सम्पुर्ण वडा बासिमा अनुरोध गर्नु भएको छ। साथै वडा सदस्य थापाले फाइनल खेलमा जान आउनका लागि खेलाडिलाइ वडाले यातायातको व्यवस्था गर्ने समेत बताउनु भएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

सुमित्रा कंडेल को बारेमा

सुमित्रा कंडेल ओझेलका खबर डटकमको सह-सम्पादक तथ पाल्पा जिल्ला संवाददाता हुन। कंडेल रेडियो मदनपोखरामा पनि कार्यरत छिन्।

सुमित्रा कंडेल द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →