Awareness

Get Vaccinated

गुल्मीका डिएसपी पाण्डे उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कृत



प्रेम सुनार
५ महिना अगाडि


Place for ads

गुल्मी: गुल्मी घर भएका मुस्ताङका जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे सहित गण्डकी प्रदेशका तीन जना प्रहरी अधिकृत उत्कृष्ट कार्य सम्पादन गरे बापत पुरस्कृत भएका छन।

गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा डिएसपी पाण्डेय सहित ३ जना प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।

सुरक्षा निकाय अन्र्तगत गण्डकी प्रदेशले छैठौँ वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा पोखरामा आयोजित मुल समारोह समितिले जेठ १५ मा सम्मान गर्ने गरी मुस्ताङका प्रहरी प्रमुख पाण्डेयसहित पोखरा स्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ अरुण पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन थापालाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको हो।

हिमाली जिल्ला मुस्ताङमा विगत ५ महिनादेखि पुरस्कृत व्यक्तित्व डिएसपी पाण्डे कार्यरत रहदै आईरहेका छन्। धार्मिक तथा पर्यटकीय जिल्लामा प्रहरी प्रमुखको भूमिकामा रही पर्यटक तथा स्थानीय नागरिकको शान्ति सुरक्षामा अहोरात्र खटिदै उत्कृष्ट योगदान गरे बापत पाण्डेयलाई गण्डकी प्रदेश सरकारले उच्चसम्मान गरेको हो।

पाण्डेयले मुस्ताडमा विभिन्न सामाजिक अपराध, लैङ्गिक हिंसा, लागु औषध र साईबर अपराध सम्बन्धी दर्जनौँ सचेतना मुलक कार्यक्रम गर्दैआईरहेका छन्। उनले सीमानाकामा हुँने चोरी सिकारी, अपराध नियन्त्रण र अवैध क्रियाकलाप नियन्त्रणमा उत्कृष्ट कार्य गर्दै आईरहेका छन्।

डिएसपी पाण्डे गुल्मीको डरेसुङ्गा नगरपालिका-७, तम्घास भुजेलखर्कका बासिन्दा पाण्डेले साङ्गीतिक क्षेत्रमा पनि आफुलाई चिनाउदै आएका छन।

पुरस्कृत उनीहरुलाई आगामी जेठ १५ मा आयोजना हुने गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा सम्मान गरिनेछ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →