Place for ads

Awareness

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु



प्रेम सुनार
२ हप्ता अगाडि


Place for ads

गुल्मी: गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन्।

जिल्लाको सत्यवती गाउँपालिका-४, मौरीओडार स्थित शाहघाट लिम्घा भित्री सडक खण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किँदै गरेको लु १ च ४३२० नं. को पिकअप गाडी दुर्घटनामा परेको हो।

Get Vaccinated

दुर्घटनामा सत्यवती गाउँपालिका-४, लिम्घाका ७५ वर्षीय मन बहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। फुम्जालीको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परी सोही ठाउँका कृष्ण थापा, यस बहादुर बुढाथोकी, खेमु श्रीस, दुर्गा बहादुर राना भुपेन्द्रदेव खप्तरी (थापा), पदम ब. बुढाथोकी, भरत बुढाथोकी, मिलन राना, ठग ब. बुढाथोकी, घनश्याम बुढाथोकी, चिन ब. राना र चालक शंकर बि.क. घाईते भएका छन्।

जीप ब्रेक फेल भई सडक देखी झण्डै ४० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाईतेहरु मध्ये ४ जनालाई थप उपचारका लागि पाल्पा रेफर गरिएको छ भने बाँकी सबैको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →