Place for ads

Awareness

बाग्लुङमा दलित किसानले उत्पादन गरेको दूध लिन अटेरी गर्नेलाई कारवाही गरिने



ओझेलका खबर संवाददाता
४ महिना अगाडि


Place for ads

बाग्लुङ: जिल्लाको काठेखोला गाउँपालिकाले दलित समुदायले उत्पादन गरेको दूध बिक्रीमा आनाकानी गर्ने सङ्घसंस्था तथा व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

गाउँपालिकाका प्रवक्ता टीका संगम विकले दलित समुदायका किसानले उत्पादन गरेको दूध बिक्री नभएको गुनासो आएपछि गाउँपालिकाले कानून अनुसार कारबाही गर्ने निणर्य गरेको बताउनुभयो ।

Get Vaccinated

काठेखोला गाउँपालिकामा दूध बिक्री गरेरै धेरै किसानले परिवार चलाउँदै आएको भन्दै उहाँले गाउँपालिकाले अक्षतेमा दूध सङ्कलन केन्द्र स्थापना गर्ने बताउनुभयो । काठेखोलाको दूध बाग्लुङ बजारसँगै पोखरामा पनि बिक्री हुने गरेको छ ।

गाउँमा दूध सङ्कलन र बजारसम्म पुर्याउनका लागि सहकारी स्थापना भए पनि आफूहरूलाई शेयर सदस्यसमेत बन्न नदिएको दलित समुदायका किसानले गुनासो गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

,

तपाईलाई यो खबर कस्तो लाग्यो